एसाइलम आवेदकलाई एसाइलम आवेदन फर्म आई ५८९ अपडेट गर्न सुझाव


प्रकाशित मिति : असार २६, २०७९ आईतबार

अमेरिकामा युएससीआईएसमा एसाइलम आवेदन दिएकाहरुले एसाइलम र देशनिकाला हुनबाट रोक्ने आवेदन आवेदन फर्म आई ५८९ भरेको पाँचबर्ष वा त्योभन्दा पनि लामो समय पेन्डिङ हुने सामान्य भएको छ । ५ बर्ष वा त्योभन्दा पनि अगाडि भरिएको फर्म आई ५८९ मा उल्लेख भएका कैयन विवरणहरु अन्तरवार्ताका बेलामा आउटडेटेड हुनु पनि स्वभाविक नै हो ।

आवेदन दिएपछिका बर्षहरुमा आवेदकका कैयन विवरणहरु परिवर्तन भएका हुनसक्छन्, जुन आई ५८९ फर्ममा अपडेट गर्न आवश्यक हुन्छ । यस्तो अपडेट एसाइलम अन्तरवार्ताको बेलामा गर्न सकिने कानून व्यवसायीहरुको सुझाव रहेको छ ।

एसाइलम अफिसमा अन्तरवार्ताको मिति आइसकेपछि अन्तरवार्ताका क्रममा एसाइलम अधिकृतले मौखिक रुपमा आवेदकसँग आई ५८९ फर्मको पुनरावलोकन गर्छन् । सामान्यतया एसाइलम अधिकृतले सुरुका ४ पेजमा बढी ध्यान केन्द्रीत गर्छन्, जसमा आवेदकको नाम, ठेगाना, दम्पत्ति वा छोराछोरीको विवरण, शिक्षा र जागिरको विवरण, परिवारका अन्य सदस्यहरुको स्थान र विवरण उल्लेख भएको हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारे एसाइलम अधिकृतले आवेदकलाई प्रश्नहरु सोधेर कुनै नयाँ अपडेट भएको खण्डमा रातो रंग मसी भएको कलमले फर्ममा अपडेट गर्छन् । उनीहरुले हरेक परिवर्तनलाई गणना गरेर कतिवटा परिवर्तन भए भन्नेबारे संख्यामा समेत उल्लेख गर्छन् । र अन्तरवार्ताको अन्त्यमा ती परिवर्तनहरु सुनिश्चित गर्न आवेदकले हस्ताक्षर गर्नुपर्ने हुनसक्छ ।

धेरै बर्षपहिले एसाइलम आवेदन दिएकाहरुको पारिवारिक स्थीति लगायतका कैयन विवरणहरु परिवर्तन भएका हुनसक्छन् । अविवाहितले विवाह गरेका हुनसक्छन् भने बच्चाबच्ची पनि भएका हुनसक्छन् । जागिर लगायतका विवरणहरुपनि परिवर्तन भएका हुनसक्छन् । यी विवरणहरु फर्ममा उल्लेख गर्नुपर्छ । अन्तरवार्ताको बेलामा यी सबै विवरण अपडेट गराउन लामो समय लाग्नेमात्र होइन, स्थान परिवर्तन, नयाँ जागिर लगायतका मितिहरु सम्झन पनि कठिन हुनसक्छ ।

यस्तो अवस्थामा अन्तरवार्ताको सुरुमा नै आवेदकले परिवर्तन भएका विवरणहरु एसाइलम अधिकृतलाई लिखित रुपमा दिन कानून व्यवसायीहरुले सुझाव दिएका छन् । अन्तरवार्ताको सुचना आइसकेपछि फर्म आई ५८९ का सुरुका ४ पेजका विवरणहरु परिवर्तन भए नभएको यकिन गर्न सुझाव दिइएको छ । कुनै विवरणहरु परिवर्तन भएको भएमा त्यसलाई कागजमा लेख्न र एसाइलम अन्तरवार्ताका बेलामा एसाइलम अधिकृतलाई दिन उपयुक्त हुने कानून व्यवसायी ज्यासन जुबोको भनाई छ । यसो गर्दा लामो समय नलाग्ने र प्रकृया सहज हुने उनको अनुभव छ ।

विगतमा बुझाएको फर्म आई ५८९ मा कुनै गल्ती भएको भएमा पनि अन्तरवार्ता अगाडि सच्याउनु उपयुक्त हुन्छ । त्यसका लागि लिखित अपडेट सिटको पनि प्रयोग गर्न सकिन्छ । यसरी लिखित रुपमा अपडेटहरु बुझाउँदा एसाइलम अधिकृतहरुले सहज अनुभव गर्ने गरेको कानून व्यवसायी जुबोको सुझाव छ ।

अध्यागमन अदालतका सन्दर्भमा भने न्यायाधिसहरुले फर्म आई ५८९ बारे खासै प्रश्न नगर्ने र कसैकसैले फर्म आई ५८९ मा भरिएको विवरण सही भए नभएको प्रश्न गर्ने जनाइएको छ । मौखिक रुपमा नै सुनुवाईको सुरुमा फर्म अपडेट गर्न सम्भव त हुन्छ, तर प्राय न्यायाधिसले त्यसलाई झिंझोलाग्ने र समयको बर्बादीका रुपमा मात्र लिन्छन् । यो अवस्थामा नयाँ फर्म आई ५८९ भरेर अन्य प्रमाणका साथमा बुझाउन सकिन्छ भने पूरानै फर्मका साथमा छुट्टै अपडेट सिट तयार पारेर पनि बुझाउन सकिन्छ । ठूला परिवर्तनहरु नभएको खण्डमा पूरानै फर्मका साथमा अपडेट सिट बुझाउन कानून व्यवसायीको सुझाव छ । किनभने कतिपय न्यायाधिसले सुरुमा बुझाएको ओरिजिनल फर्म समेत माग्नसक्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com