वर्क परमिट नविकरणका रिसिप्ट पठाउँदा युएससीआईएसको दोश्रोपटक गल्ती, नयाँ रिसिप्ट पठाउने


प्रकाशित मिति : असार २२, २०७९ बुधबार

मे ४ देखि जुन २ सम्म वर्क परमिट नविकरणका रिसिप्ट पठाउँदा युएससीआईएसले दोश्रोपटक पनि गल्ती गरेको छ । पहिलोपटक रिसिप्ट पठाउँदा गलत सुचना सहित पठाएकोमा जुनको तेश्रो सातासम्म सच्याइएका रिसिप्टहरु पठाइएको थियो ।

तर ती सच्याइएका भनिएका कैयन रिसिप्टहरुमा समेत सुचनाको मिति, आवेदन प्राप्त भएको मिति वा जन्ममिति हाल्न छुटेको युएससीआईएसले जनाएको छ । उनीहरुलाई युएससीआईएसले विवरणहरु सच्याएर तेश्रोपटक रिसिप्ट पठाउने भएको छ । उनीहरुले जुलाईको तेश्रोसातासम्म रिसिप्ट प्राप्त गर्ने भएका छन् ।

मे ४ देखि जुन २ सम्म पठाइएका वर्क परमिट नविकरण आवेदनका कतिपय रिसिप्टमा पुरानो वर्क परमिटको अवधि १८० दिनमात्र स्वत लम्बिएको उल्लेख गरिएको थियो । जबकी मे ४ देखि लागु हुनेगरी वर्क परमिटको अवधि स्वत ५४० दिन लम्बिने नियम ल्याइएको थियो ।

दोश्रोपटक जारी गरिएका कैयन रिसिप्टमा वर्क परमिटको अवधि स्वत ५४० दिन लम्बाइएको विवरण उल्लेख भएपनि सुचनाको मिति, आवेदन प्राप्त भएको मिति वा जन्ममिति भने छुटाएर युएससीआईएसले गल्ती गरेको थियो । त्यसैले अब तेश्रोपटक वर्क परमिटको अवधि स्वत ५४० दिन लम्बाइएको विवरणसहित छुटेको सुचनाको मिति, आवेदन प्राप्त भएको मिति वा जन्ममिति उल्लेख गरेर पठाइनेछ ।

मे ४ देखि लागु नयाँ नियम अनुशार वर्क परमिट नविकरणका लागि आवेदन दिंदा पुरानो वर्क परमिटको अवधि ५४० दिन स्वत लम्बिने व्यवस्था गरिएको थियो । यो नियम सन् २०२५ को अक्टोबर १५ सम्म लागु हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com