चलचित्र ‘झिंगे दाउ’को गीत ‘आगोबिना बिंडी जल्दैन’ रिलिज


प्रकाशित मिति : असार २१, २०७९ मंगलबार

चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत आज गीत रिलिज गरिएको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ ।

भिमनिधि तिवारीको कथामा आधारित चलचित्र ‘झिंगे दाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।  रिलिज गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन । “आगो बिना बिँडी जल्दैन”बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारले स्वर दिएका छन् ।

कपनगडी सिनेमा र फिल्म क्र्यू नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्र ‘झिंगे दाउ’ यही भदौँ १७ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com