जसपाबाट प्रदेश सांसद निष्कासित


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो ।

यी दुबै महोत्तरी जिल्लाकै हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यादव महोत्तरी क्षेत्र नम्बर ४ को ९क० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com