केएमसी स्कुलमा मृत भेटिएकी रमाको शव अझै उठेन, आफन्तद्वारा गेटमा धर्ना


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

बुद्धनगरस्थित केएमसी स्कुलमा एक कर्मचारी झुण्डिएको अवस्थामा मृत भेटिएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले हत्याको आशंका गर्दै प्रर्दशन गरेका छन् ।

शनिबार बिहान केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा मृत फेला गरेकी थिईन । उनको शव अझै उठ्न सकेको छैन ।
काभ्रे जिल्लाकी २० वर्षीया रमा रायमाझीको हिजो राति झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

मृतकका बुबाआमा स्कुलमा पुगेका छन् भने प्रहरीले भित्र कडा सुरक्षा दिइरहेका छन् । मृत्युको कारण शंकास्पद भएको भन्दै मृतकका परिवारका तर्फबाट केही व्यक्तिहरुले प्रहरीसँग विवाद गरेका थिए । प्रहरीले मृतकका आफन्तहरु स्कुलभित्र जानबाट रोकिरहेको छ ।

मृतकका आफन्तरुले निष्पक्ष र पारदर्शी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । विवाद बढ्दै गएपछि आक्रोशित समूहले स्कुलमा तोडफोड पनि गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको बताएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ । फोटो/ एनएनबी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com