म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु अब अमेरिका फर्कन नपाउने, दूतावासमा सम्पर्क गर्न सुझाव


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु अब अमेरिका फर्कन नपाउने भएका छन् । कोरोना महामारीका कारण अमेरिकी सरकारले अमेरिकनहरुलाई म्याद सकिएका पासपोर्टमा समेत स्वदेश फर्कन पाउने व्यवस्था गरेको थियो ।

सन् २०२१ को मे २८ अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले विदेशमा रहेका अमेरिकनहरु म्याद सकिएको पासपोर्टमा समेत अमेरिका आउनसक्ने व्यवस्था गरेको थियो । सुरुमा उक्त म्याद डिसेम्बर ३१ सम्ममात्र रहेकोमा डिसेम्बर २१ मा तीनमहिना थपेर सन् २०२२ को मार्च ३१ सम्म बनाइएको थियो ।

त्यस्तै मार्च २३ मा जुन ३० सम्मका लागि म्याद थप गरिएकोमा अब भने म्याद नथपिएको सीबीपीले स्पष्ट पारेको छ । अमेरिकी सरकारले विदेशमा रहेका अमेरिकनहरु सन् २०२० को जनवरी १ पछि एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने व्यवस्था गरेको थियो । कोरोना महामारीका कारण विदेशमा नै अड्कीएका अमेरिकनहरुलाई पासपोर्ट नविकरणमा समय लाग्नसक्ने र स्वदेश फर्कन समस्या नहोस् भनेर उनीहरुलाई अमेरिका आउन अनुमति दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाबाट बाहिर जाँदा भने म्यादसकिएका पासपोर्टमा यात्रा गर्न नसकिने प्रावधान थियो । त्यस्तै म्याद सकिएका पासपोर्ट अमेरिका आउने क्रममा विदेशी मुलुकका एयरपोर्टमा ट्रान्जिटको अवस्थामा बाहेक एक मुलुकबाट अर्को मुलुकमा जानसमेत प्रयोग गर्न नसकिने अवस्था थियो ।

म्याद सकिएका पासपोर्टमा अमेरिका फर्कन उक्त पासपोर्ट बयस्कका सन्दर्भमा १० बर्षको म्याद सहित जारी गरिएको हुनुपर्ने र पासपोर्ट जारी हुँदा १५ बर्ष वा त्यो भन्दा कम उमेरका रहेकाका सन्दर्भमा ५ बर्षको म्यादसहित जारी गरिएको हुनुपर्ने प्रावधान रहेको थियो ।

अब भने म्याद सकिएको पासपोर्टमा अमेरिका आउन नदिइने भएकाले नविकरणका लागि आवेदन दिन नजिकको अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com