अमेरिकामा शरण खोज्नेलाई मेक्सिको फिर्ता गर्नेे नीति बाइडेन प्रशासनले अन्त्य गर्नसक्ने सर्वोच्चको फैसला


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा शरण खोज्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति बाइडेन प्रशासनले अन्त्य गर्नसक्ने फैसला गरेको छ । सुरुदेखि नै बाइडेन प्रशासनले ट्रम्पकालिन उक्त नीतिको अन्त्य गर्न चाहेपनि तल्ला अदालतहरुले लगाएको रोकका कारण अन्त्य गर्न सकेको थिएन ।

आज सर्वोच्चका ९ मध्ये ५ जना न्यायाधिसहरु ट्रम्पकालिन उक्त नीति बाइडेन प्रशासनले अन्त्य गर्नसक्ने पक्षमा उभिएका थिए । अध्यागमन कानूनले संघीय सरकारलाइै ट्रम्पकालिन उक्त नीति अन्त्य गर्नसक्ने अधिकार प्रदान गर्ने सर्वोच्च अदालतको ठहर छ ।

आजको सर्वोच्चको फैसला ट्रम्पकालिन कडा अध्यागमन नीतिहरु उल्टाउन गरेका प्रयासहरुमा तल्ला अदालतहरुमा कैयन पराजय भोग्दै आएको बाइडेन प्रशासनको मुख्य जीतका रुपमा हेरिएको छ । बाइडेन प्रशासनले यो नीति अन्त्य गर्दा कैयन रिपब्लिकन राज्यहरुले अदालतमा मुद्दा दायर गरेका थिए । जसका कारण बाइडेन प्रशासन यो नीति लागु गर्न बाध्य भएको थियो ।

बाइडेन प्रशासन सुरु भएको भोलिपल्टै यो नीति अन्त्य गर्न खोजिएको थियो । जस अनुशार गतबर्षको जुनमा होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले मेक्सिको फिर्ता पठाउने नीतिको अन्त्य गर्दै मेमो जारी गरेका थिए । तर अगस्तमा टेक्सासको संघीय अदालतले मेक्सिको फिर्ता पठाउने नीतिको अन्त्य गर्नमा रोक लगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुनरावेदन चलिरहँदा टेक्सासको अदालतले गरेको फैसला कार्यान्वयन स्थगित गर्नका लागि बाइडेन प्रशासनले अनुरोध गरेपनि उक्त अनुरोध सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । जसका कारण बाइडेन प्रशासन ट्रम्पकालिन उक्त नीति लागु गर्न बाध्य भएको थियो ।

अक्टोबरमा होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले कार्यक्रम समाप्त गर्ने आदेशका साथ नयाँ मेमो जारी गरेका थिए । जसमा संघीय अदालतले अगस्तमा गरेको फैसलाका प्रकृयागत त्रुटीहरुलाई सम्बोधन गर्न खोजिएको थियो । तर बाइडेन प्रशासनको पुनरावेदनपनि असफल भएपछि गत डिसेम्बरबाट यो नीति नयाँ ढंगले लागु गरिएको थियो । त्यो यता अमेरिकामा शरण खोज्न आएका झण्डै ५ हजारलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएको छ ।

बाइडेन प्रशासनले नीति लागु गर्दा भने केही नरमपन अपनाएको थियो । ट्रम्प प्रशासनका पालामा यो नीति अन्तरगत झण्डै ७० हजार आप्रवासीहरुलाई अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिको फिर्ता पठाइएको थियो ।

बाइडेन प्रशासनले बाध्य भएर यो नीति लागु गरेतापनि एसाइलम खोज्नेहरुलाई मेक्सिकोमा प्रतिक्षा गरुन्जेल आवासीय सुविधाका लागि समन्वयमा सहयोग गर्ने जनाएको थियो । सुरक्षित आवासको सुनिश्चित गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटसँग मिलेर काम गर्ने जनाएको थियो ।

त्यस्तै अमेरिकाले अदालती सुनुवाईका लागि मेक्सिकोमा प्रतिक्षा गरेर अमेरिका आउने आप्रवासीहरुलाई पोर्ट अफ इन्ट्रीबाट यातायातको सुविधा समेत उपलब्ध गराएको थियो । यो नीति अन्तरगत बाइडेन प्रशासनले एसाइलम खोज्नेलाई मानवीय व्यवहार गरेर मेक्सिकोमा रहुन्जेलपनि सुरक्षित आवासका लागि सहयोग गर्ने बताएपनि अमेरिका आउनमा रोक लगाउने सन्दर्भमा पनि नीतिको कार्यान्वयन ट्रम्पकै पालामा जस्तो रहेको थियो ।

यो नीति अन्रगत विना भिसा सिमाक्षेत्रबाट आएर अमेरिकामा एसाइलम दावी गर्नेहरु सिधै अमेरिका आएर अध्यागमन अदालतको मुद्दाको प्रतिक्षा गर्न नपाउने व्यवस्था थियो । उनीहरुले अमेरिकामो लामो अध्यागमन प्रकृया मेक्सिकोमा नै बसेर प्रतिक्षा गर्नुपर्ने व्यवस्था थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com