संचारमन्त्री कार्कीले हिंसाको कुरा गर्दै, पद्मकन्यामा पढाउने साथीले उल्टो सुरुवाल लगाएर गएको कथा यसरी सुनाए


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

 

संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यस्थलमा महिला पुरुष दुवै सुरक्षित हुने वातावरण बनाउनुपर्ने बताएका छन् । संचार क्षेत्रका लागि सुरक्षित कार्यस्थल राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री कार्कीले कार्यकक्षदेखि रिपोटिङसम्म सुरक्षित हुनुपर्ने बताए ।

सुरक्षा गर्ने काम सभ्यताको पहिचान पनि भएको मन्त्री कार्कीको भनाई छ । आफू मात्रै सुरक्षित भएर नहुने भन्दै उनले महिला मात्रै नभै पुरुषले पनि हिंसाको अनुभव गर्नुपरेको बताए । मन्त्री कार्कीले महिला मात्र नभै पुरुष पनि विभिन्न तरिकाले हिंसाको सिकार भइरहेको भन्दै एक जना आफ्नो साथीले भोगेको अनुभव सुनाए ।


“मेरो एक जना साथी हुनुहुथ्यो । उहाँको एउटा इच्छा थियो, पद्मकन्या कलेज पढाउने्, त्यहाँको एक जना राम्रो विद्यार्थी छानेर विवाह गर्ने । त्यहाँ पढाउन पनि जानुभयो । दुई तिन महिनापछि आएर म त त्यहाँ पढाउन नसक्ने भएँ । किन भनेको महिला मात्रै छन् । …को राम्रो राम्रो को नराम्रो…म त यस्तो अवस्थामा पुगेछु..दौरा सुरुवाल लगाएर जानुपर्ने, सुरुवाल नै उल्टो लगाएर गएछु भन्नुभयो । त्यसकारण हिंसा कहाँ छ, कस्तो कस्तो छ ।”

मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको कार्यशालामा सहभागिहरुले महिला वा पुरुष दुवैले कुनै पनि ठाउँमा हिँसा भोग्नु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com