ट्रम्प नियुक्त न्यायाधिसको आदेशपछि कागपत्रविहिनलाई पक्राउ नगर्ने बाइडेन प्रशासनको नियममा रोक


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

अदालतको आदेश कार्यान्वयनका लागि बाइडेन प्रशासनले कागजपत्रविहिनलाई पक्राउ गर्नमा लगाएको सिमाबन्दी लागु गर्न रोकेको छ । कागजपत्रविहिनलाई पक्राउ नगर्ने गरी बाइडेन प्रशासनले ल्याएको नियमलाई अदालतले कार्यान्वयनमा रोक लगाएको हो ।

गत सेप्टेम्बरमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले हालैमात्र सिमा गैरकानूनी रुपमा सिमा पार गरेका तथा राष्ट्रिय सुरक्षामा खतरा रहेका कागजपत्रविहिनलाईमत्र पक्राउ गर्न आदेश दिएका थिए । यो नियमले सन् २०२० को नोभेम्बर अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई पक्राउ हुन र देशनिकाला हुनबाट संरक्षण प्रदान गरेको थियो ।

तर टेक्सास र लुजियानाले यो नियम विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि डोनाल्ड ट्रम्पबाट नियुक्त न्यायाधिस ड्रियु टिम्टनले कागजपत्रविहिनलाई सरंक्षण प्रदान गर्ने उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए । न्यायाधिस टिम्टनले शनिबारसम्म पुनरावेदनको आदेश कुर्ने र त्यसपछि आफ्नो फैसला कार्यान्वयन हुने समयसिमा दिएका थिए । बाइडेन प्रशासनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि शनिबारसम्म पुनरावेदनले कुनै निर्णय नदिएपछि संघीय अदालतको फैसला कार्यान्यनमा आएको छ ।

गतबर्षको नियमले यो नियमले सन् २०२० को नोभेम्बर अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई पक्राउ हुन र देशनिकाला हुनबाट संरक्षण प्रदान गरेपनि सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्ने व्यवस्था गरेको थियो ।

के थियो गत बर्षको नियममा ?

अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने उक्त नियममा प्रावधान थियो । साथै अध्यागमन अधिकारीहरुले कुनै पनि व्यक्तिलाई कागजपत्रविहिनमात्र भएको आधारमा पक्राउ गरेर हिराशतमा लिन र देशनिकाला गर्न नसक्ने प्रावधान थियो । इमिगे्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुलाई राष्ट्रिय र सार्वजनिक सुरक्षामा खतरा भएकाहरुलाईमात्र पक्राउ गर्न र देशनिकाला गर्न निर्देशन दिइएको थियो ।

आतंकवाद वा जासूसीमा संलग्न भएको आशंका गरिएका, गम्भिर प्रकारका अपराधमा संलग्न भएकाहरु र सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरुलाई पक्राउ र देशनिकालाको प्राथमिकतामा राखिने व्यवस्था थियो । अमेरिकाको समुदायमा लामो समयदेखि योगदान दिदै आएकाहरु, धार्मिक नेताहरु, कृषिकामदारहरु, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी कागजपत्रविहिनहरुलाई अबदेखि आइसले पक्राउ गर्न र देशनिकाला गर्न नपाउने व्यवस्था थियो ।

नयाँ निर्देशिका नोभेम्बर २९ देखि लागु भएको थियो । त्यस्तै बेइमान रोजगारदाताहरुले आइसमा सुराकी लगाएको आधारमा कुनै पनि कागजपत्रविहिनलाई पक्राउ नगर्ने व्यवस्था थियो । त्यस्ता रोजगारदाताले आइसलाई सुराकी लगाएका कागजपत्रविहिन व्यक्ति मुख्य अपराधमा संलग्न भएको भएमा भने आइसले उनीहरुलाई पक्राउ गर्न र देशनिकाला गर्न सक्ने प्रावधान थियो ।

कागजपत्रविहिनहरुलाई ग्रिनकार्डको बाटोमा लैजान खोजिरहेको अवस्थामा कुनै जोखिम नभएका कागजपत्रविहिनलाई खोज्न र पक्राउ गर्नमा साधनश्रोत नलगाइने मेयरकासले बताएका थिए । अमेरिकामा झण्डै ११ मिलियन कागजपत्रविहिनहरु बस्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com