नेपाल म्यूजिक भिडियो निर्देशक समाजको अध्यक्षमा विधान कार्की


प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार

म्यूजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पान्डे र द्वितिय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् ।

त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, सचिवमा प्रकाश घिताल, कोषाध्यक्षमा वविता श्रेष्ठ र सह-कोषाध्यक्षमा डि.आर सुजन (डिल्लीराम रेग्मी) चयन भए । सदस्यहरुमा भने कृष्णदेव रुपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनक बहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, नरेन्द्र विष्ट (गम्भीर) र देवराज आचार्य चयन भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष र सह सचिव पदमा मनोनित गरेको छ । उपाध्यक्षमा निशान घिमिरे र सह सचिवमा समन अधिकारी मनोनित भएका हुन् । योसँगै नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति १७ जनाको भएको छ । यो कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि विधान कार्कीले अब समाजले निर्देशकहरुको हकहितका लागि लड्न कुनै कसर नछाड्ने बताए । म्यूजिक भिडियोहरुलाई व्यवस्थित गर्न, निर्देशकहरुको समस्यालाई सम्बोधन गर्न, म्यूजिक भिडियोको प्रवद्र्धन, विकास एवं विस्तारका लागि नयाँ सोच र योजना अनुसार समाज अगाडि बढ्ने उनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com