अत्याधिक भिसा उपलब्ध रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणीमा आवेदन सार्न युएससीआईएसको प्रोत्साहन


प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार

युएसीआईएसले रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणी ग्रिनकार्डका लागि यो बर्ष अपवादकै रुपमा अत्याधिक भिसा नम्बर उपलब्ध भएकाले आवेदकलाई आफ्नो आवेदन यो श्रेणीमा सार्नका लागि प्रोत्साहन गरेको छ । गत अक्टोबरदेखि आगामी सेप्टेम्बरसम्मको चालु आर्थिक बर्ष २०२२ को लागि रोजगारमा आधारित पहिलो वा दोश्रो श्रेणीमा अवपादकै रुपमा इतिहासकै अत्याधिक भिसा उपलब्ध रहेकाले आफ्नो श्रेणी सार्न युएससीआईएसले प्रोत्साहन गरेको हो ।

यदि आवेदकले रोजगारमा आधारित तेश्रो श्रेणीका लागि दिएको ग्रिनकार्ड आवेदन पेन्डिङ अवस्थामा रहेको भएमा तर उक्त श्रेणीमा भिसा उपलब्ध नभएको खण्डमा त्यस्तो आवेदकलाई दोश्रो वा तेश्रो श्रेणीमा सार्न प्रोत्साहन गरिएको छ । आई १४० आवेदन पेन्डिङ अवस्थामा रहेको वा निर्णय भइसकेको अवस्थामा उनीहरुले आफ्नो आवेदन दोश्रो वा तेश्रो श्रेणीमा भिसा उपलब्ध भएको खण्डमा उक्त श्रेणीमा सार्न सक्नेछन् ।

यस्तो अनुरोध गर्नु प्रत्येक आवेदकको निर्णय रहेको र आवेदकको विशेष परिस्थितिहरूमा आधारित हुनुपर्ने युएससीआईएसले जनाएको छ ।
आर्थिक वर्ष २०२२ को लागि रोजगारीमा आधारित वार्षिक ग्रिनकार्डको कोटा सामान्य भन्दा झन्डै दोब्बर रहेको छ । किनभने आर्थिक वर्ष २०२१ मा प्रयोग नभएका परिवारमा आधारित भिसाहरु पनि यसमा जोडिएका छन् ।

रोजगारमा आधारित पाँचौं श्रेणीका प्रयोग नभएका भिसाहरू पहिलो श्र्णीमा थपिने प्रावधान रहेको छ । रोजगारमा आधारित पहिलो श्रेणीमा प्रयोग नभएका भिसाहरु दोश्रो श्रेणीमा थपिने प्रावधान रहेको छ । तर यी भिसाहरु तेश्रो श्रेणीमा भने थपिदैनन् । दोस्रो श्रेणीमा भिसाको पर्खाइमा रहेका आप्रवासीहरुको उल्लेखनीय संख्यालाई ध्यानमा राख्दै यी भिसाहरू दोस्रो प्राथमिकता श्रेणीमा जोड्नुपर्ने कानूनी प्रावधान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टाटस एड्जस्टका लागि निरन्तर योग्यता कायम राखिरहेको, मुख्य आई १४० मा आधारित ग्रिनकार्ड आवेदन अझै पेन्डिङ रहेको, नयाँ आप्रवासी श्रेणीका लागि योग्य भएमा, पहिलो वा दोश्रो श्रेणीमा तत्काल भिसा उपलब्ध रहेको अवस्थामा आवेदकले पहिलो वा दोश्रो श्रेणीका लागि आफ्नो आवेदन सार्न योग्य हुनेछन् ।

आवेदकले पेन्डिङ अवस्थामा रहेको आफ्नो ग्रिनकार्ड आवेदन आई ४८५ पहिलो र दोश्रो श्रेणीमा सार्नका लागि लिखित रूपमा युएससीआईएससमक्षअनुरोध गर्नुपर्ने युएससीआईएसले जनाएको छ । पहिले फाइल गरिएको र स्वीकृत भएको तेश्रो श्रेणीको आई १४० का आधारमा ग्रिनकार्ड आवेदन आई ४८५ लाई पहिलो र दोश्रो श्रेणीमा सार्नका लागि जागिरको अफर गरिएको पुष्टी गर्ने आई ४८५ को पूरक जे फर्म भर्नुपर्छ ।

पूरक जे फर्मले आवेदकले आफ्नो श्रेणी सार्नका लागि प्रयोग गर्न चाहेको आवेदनसँग सम्बन्धित जागिरको अफरको वैधता पुष्टि गर्दछ। यदि आवेदकको आई १४० आवेदन नै पेन्डिङ अवस्थामा रहेको बेला श्रेणी परिवर्तन गर्न लागिएको हो भने पूरक जे फर्म भर्नु पर्दैन । यदि तेश्रो श्रेणीमा आवेदन दिने आवेदक आई १४० आवेदनसँगै आई ४८५ आवेदन दिनसमेत योग्य भएको खण्डमा आवेदकले पेन्डिङ आई ४८५ लाई पहिलो वा दोश्रो श्रेणीमा सार्न अनुरोध गर्न सक्नेछन् ।

आवेदकको विचाराधीन फारम आई ४५८ लाई नयाँ श्रेणीमा सार्न अनुरोध गर्दै हस्ताक्षर गरिएको पत्रको साथ निवेदन पेश गर्नुपर्छ। यसमा रङ्गीन कागजले हाइलाइट गरिएको एउटा कभरशिट समावेश गर्नुपर्छ जसमा पेन्डिङ आई ४८५ फारमको स्थानान्तरणको लागि अनुरोध उल्लेख गरिएको हुनुपर्छ । यो अवस्थामा आवेदकले आई ४८५ को रिसिप्टमात्र राखे पुग्छ, पूरक जे फर्म पेश गर्न आवश्यक छैन।

पूरक जे फर्मसहितका अनुरोध क्यालिफोर्नियामा रहेको वेष्टन फर्म सेन्टरमा पठाउनुपर्छ भने पूरक जे फर्म विनाका अनुरोधहरु आई ४८५ आवेदन पेन्डिङ रहेको युएससीआईएसको कार्यालयमा पठाउनुपर्छ । युएससीआईएसको ग्राहक सेवा केन्द्रमा फोन गरेर आफ्नो आवेदन पठाउने ठेगानाबारे जानकारी लिनसमेत सकिन्छ । नयाँ फाइल गरिने आई १४० आवेदनका सन्दर्भमा भने नियमित ठेगानामा नै पठाउनुपर्छ ।

श्रेणी परिवर्तन गर्दा नयाँ आई ४८५ आवेदन पेश गर्नु नपर्ने र नयाँ शुल्कपनि तिर्नु नपर्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com