भिसा बुलेटिन युएससीआईएसबाट मान्य, ग्रिनकार्डवाहकका दम्पत्ति र रोजगारमा आधारित भिसा करेन्ट


प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको मार्चको भिसा बुलेटिनलाई युएससीआईएसले स्वीकार गरेको छ । जस अनुशार ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने आई १३० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ ।

अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

त्यस्तै अमेरिका भित्र हुने अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले १५ मे २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले २२ सेप्टेम्बर २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाभित्रै हुने अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले सन् २००९ को अगस्त २२ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अमेरिकाभित्रै हुने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा १ अक्टोबर २००७ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नुभन्दा अगाडि अमेरिकामा गैरकानूनी उपस्थीति भएको भने हुनुहुँदैन ।

मार्चमा रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् । अर्थात् अमेरिकाभित्र हुनेले आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com