युएससीआईएसले अब निश्चित आवेदनमा अनौपचारिक विवाहलाई पनि मान्यता दिने


प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार

युएससीआईएसले अब निश्चित आवेदनमा अनौपचारिक विवाहलाई पनि मान्यता दिने भएको छ । तत्कालदेखि लागु हुनेगरी शरणार्थी वा एसाइलीका दम्पत्तिले अनौपचारिक विवाह गरेको भएतापनि उनीहरुलाई मूल आवेदकको आधारमा शरणार्थी वा एसाइलीको अध्यागमन सुविधा प्रदान गरिने युएससीआईएसले जनाएको छ ।

उत्पीडनको डरले वा आफ्नो नियन्त्रणबाहिरको अवस्थाका कारण उड्नुपरेकाले औपचारिक वा कानूनी रुपमा विवाह गर्न नसकेकाहरुका सन्दर्भमा एसाइएली र शरणार्थीका दम्पत्तिको अनौपचारिक विवाहलाई पनि मान्यता दिने युएससीआईएसले प्रष्ट पारेको छ । त्यस्तै पहिलोपटक एसाइलम आवेदन दिएको देशमा वा आवेदकको देशमा रहेको प्रतिबन्धात्मक कानून वा अभ्यासका कारण औपचारिक रुपमा विवाह गर्न नसकेकाहरुलाई पनि अनौपचारिक विवाहको प्रमाण पेश गरेको खण्डमा मान्यता दिइनेछ ।

नयाँ निर्देशिकाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

अध्यागमन सुविधा प्राप्त गर्नका लागि विवाह उत्सवको स्थानको नियमबाहेक अनौपचारिक विवाहले पनि सबै कानूनी मापदण्डहरु पूरा गरेको हुनुपर्नेछ । एसाइलम आवेदनको फर्म आई ५८९, शरणार्थी दर्ताको फर्म आई ५९० र एसाइलीका आफन्तका लागि फाइल गरिने फर्म आई ७३० का सन्दर्भमा यस्तो अनौपचारिक विवाहलाई मान्यता दिइनेछ । अनौपचारिक विवाहमात्र नभएर अनौपचारिक डिभोर्सलाई पनि मान्यता दिने युएससीआईएसले जनाएको छ । अनौपचारिक विवाहको समेत अनौपचारिक डिभोर्सलाई मान्यता दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्यालेन्टाइन्स डेको दिनमा युएससीआईएसले तीनवटा अध्यागमन आवेदनका सन्दर्भमा अनौपचारिक विवाहलाई मान्यता दिने घोषणा गरेको छ ।

शरणार्थी दर्ताको फर्म आई ५९० र एसाइलीका आफन्तका लागि फाइल गरिने फर्म आई ७३० का सन्दर्भमा अगाडिको नियम अनुशार अनौपचारिक विवाहले मान्यता नपाएका कारण आवेदन अस्वीकार भएकाहरुको आवेदन पुनर्विचार गरिने समेत युएससीआइएसले जनाएको छ । पेन्डिङ अवस्थामा रहेका वा नयाँ फाइल गरिने एसाइलम आवेदनको फर्म आई ५८९, शरणार्थी दर्ताको फर्म आई ५९० र एसाइलीका आफन्तका लागि फाइल गरिने फर्म आई ७३० का सन्दर्भमा नयाँ नियम लागु हुनेछ ।

परिवारका लागि फाइल गरिने आई १३० आवेदनका सन्दर्भमा भने यो नियम लागु नहुने युएससीआईएसले प्रष्ट पारेको छ । विगतमा युएससीआईएसले शरणार्थी स्थितिको अद्वितीय र मानवीय प्रकृतिका कारण शरणार्थी निर्णयको उद्देश्यका लागि निश्चित परिस्थितिहरूमा अनौपचारिक विवाह वा शिविर विवाहलाई मान्यता दिदै आएको छ ।

धार्मिक, जातीय वा समलैंगिकताका आधारमा औपचारिक रुपमा विवाह गर्न नसकेका र अनौपचारिक रुपमा मात्र विवाह गरेकाहरुलाई यो नियमबाट फाइदा पुग्न सक्नेछ । अरब देशहरु लगायतका कैयन देशमा फरक फरक धर्मका व्यक्तिलाई विवाह गर्न कठिन हुने गरेको छ भने कतिपय देशमा समलिंगी विवाहले मान्यता पाएका छैनन् । यो अवस्थामा शरणार्थी र एसाइलीका अनौपचारिक विवाहलाई युएससीआईएसले मान्यता दिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com