युएससीआईएसमा ४ लाख १२ हजार एसाइलम पेन्डिङ, पूराना आवेदनको निर्णय छिटो दिने नीति ल्याइदै


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

अमेरिकाको युएससीआईएसमा ४ लाख १२ हजार ७ सय ९६ जनाको एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेको जनाइएको छ । युएससीआईएसले संसदलाई बुझाएको रिपोर्टमा चालु आर्थिक बर्षको सुरुमा ४ लाख भन्दा बढी आवेदन पेन्डिङ रहेको जनाइएको हो ।

युएससीआईएसमा कायम ब्याकलगका कारण कतिपय एसाइलम आवेदकले अन्तरवार्ताका लागि ७ बर्षभन्दा लामो समयदेखि कुरिरहेका छन् । जसमा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । ३ लाख ८० हजार आवेदनको नेट ब्याकलग रहेको र चालु आर्थिक बर्षका तीन महिनामा १७ हजार ६ सय १२ आवेदनमा निर्णय गरिएको युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले एसाइलमका आवेदनहरु पहिले प्राप्त भएको आवेदनमा पहिले निर्णय दिने नीति अनुशार काम नगरी पछि प्राप्त आवेदनलाई सबैभन्दा पहिले निर्णय दिने नीति अन्तरगत काम गर्दै आएको छ । जसका कारण सुरुमा आवेदन दिएका हजारौं अन्तरवार्ताको प्रतिक्षामा छन् भने पछि आवेदन दिएकाहरुले ग्रिनकार्डसमेत पाइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदलाई बुझाएको रिपोर्टमा युएससीआईएसले पुराना आवेदनमा छिटो निर्णय दिने नीति ल्याउने उल्लेख गरेको छ । ब्याकलग घटाउनका लागि पूराना आवेदनलाई निर्णय दिनेगरी ध्यान केन्द्रीत गर्ने युएससीआईएसले जनाएपनि कहिलेदेखि नीति परिवर्तन गर्ने भन्नेबारे केही बताएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com