अमेरिकामा ४४ लाख आवेदन पेन्डिङ, अब एसाइलमसहित ७ प्रकारका आवेदन प्राथमिकता दिइने


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

अमेरिकाको युएससीआईएसमा झण्डै ७ लाख ग्रिनकार्ड आवेदनसहित झण्डै ४४ लाख अध्यागमन आवेदनहरु पेन्डिङ रहेको रिपोर्ट युएससीआईएसले संसदलाई बुझाएको छ । युएससीआईएसमा कायम ब्याकलगका कारण आवेदकले लामो समय प्रतिक्षा गर्नुपर्ने अवस्था श्रृजना भएको छ ।

ब्याकलग कम गर्नका लागि युएससीआईएसले कतिपय आवेदनमा बायोमेट्रिक छुट प्रदान गर्दै पुरानौ बायोमेट्रिक डाटाहरु प्रयोग गरिरहेको छ । कतिपय आवेदनमा अन्तरवार्ता छुटको व्यवस्था गरिएको छ । विभिन्न तरिकाहरु अपनाएपनि युएससीआईएसमा आवेदनको ब्याकलग अझै पनि चर्को अवस्थामा नै रहेको देखिएको छ ।

युएससीआईएसले एसाइलमबाहेकका अन्य आवेदनहरु पहिले प्राप्त भएको आवेदनमा पहिले निर्णय दिने नीति अनुशार नै काम गरिरहेको छ । तर एसाइलमको आवेदनमा भने पछि प्राप्त आवेदनलाई सबैभन्दा पहिले निर्णय दिने नीति रहेको छ । जसका कारण ७ बर्षभन्दा लामोसमय देखि एसाइलमको अन्तरवार्ता कुरेर बस्नेहरुको संख्या दशौं हजार रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले ब्याकलग कम गर्न विभिन्न ७ प्रकारका आवेदनहरुलाई प्राथमिकता दिने जनाएको छ । यी आवेदनहरु झण्डै २७ लाख अर्थात कुल ब्याकलगको ६१ प्रतिशत रहेको युएससीआईएसले जनाएको छ । नागरिकता आवेदन, एसाइलम आवेदन, यु भिसा आवेदन, परिवारमा आधारित ग्रिनकार्ड आई १३० आवेदन, ग्रिनकार्ड आवेदन, २ बर्षे ग्रिनकार्डको शर्त हटाउने आवेदन र वर्क परमिटको आवेदनलाई प्राथमिकता दिने युएससीआईएसले जनाएको छ ।

संसदलाई बुझाएको रिपोर्टमा युएससीआईएसले पुराना आवेदनमा छिटो निर्णय दिने नीति ल्याउने उल्लेख गरेको छ । ब्याकलग घटाउनका लागि पूराना आवेदनलाई निर्णय दिनेगरी ध्यान केन्द्रीत गर्ने युएससीआईएसले जनाएपनि कहिलेदेखि नीति परिवर्तन गर्ने भन्नेबारे केही बताएको छैन ।

पछिल्लो रिपोर्ट अनुशार युएससीआईएसमा परिवारमा आधारित ग्रिनकार्डका ५ लाख ४ हजार आवेदन पेन्डिङ अवस्थामा रहेका छन् भने वर्क परमिटका १३ लाख ३६ हजार आवेदन पेन्डिङ रहेका छन् । त्यस्तै एसाइलीका ग्रिनकार्ड आवेदन ८६ हजार, क्युबन १४ हजार, रोजगारमा आधारित २ लाख ४५ हजार, परिवारमा आधारित ३ लाख ४९ हजार, शरणार्थी २४ हजार र अन्य ४७ हजार ग्रिनकार्ड आवेदन पेन्डिङ रहेका छन् ।

एसाइलमका आवेदनहरु ४ लाख १२ हजार पेन्डिङ अवस्थामा रहेका छन् । शर्त सहितको ग्रिनकार्डको शर्त हटाउन दिइएका आवेदन २ लाख ३२ हजार, सैन्य नागरिकता आवेदन ५ हजार ८ सय र नियमित नागरिकता आवेदन ८ लाख ३३ हजार पेन्डिङ अवस्थामा रहेका छन् । आर्थिक बर्ष २०२२ मा ५ लाख ८७ हजार कुल आवेदनमा निर्णय दिइएको युएससीआईएसले जनाएको छ ।

सरकारको नियन्त्रणबाहिर ८३ हजार आवेदनहरु रहेको युएससीआईएसले जनाएको छ । भिसा नम्बरको प्रतिक्षा गरिरहेका, थप प्रमाण मागेपछि प्रमाण उपलब्ध नगराएका र नागरिकताका लागि पुन परीक्षा गर्नुपर्ने अवस्थामा रहेका आवेदनलाई सरकारको नियन्त्रणबाहिरका आवेदनका रुपमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com