निर्णय ढिलो भएका ग्रिनकार्ड लगायतका आवेदनका लागि सोधपुछ गर्ने टुलको नयाँ भर्सन ल्याइदै


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

युएससीआईएसले समयमै निर्णय नआएका ग्रिनकार्ड लगायतका अध्यागमन आवेदनका लागि अनलाइनबाट सोधपुछ टुलको नयाँ भर्सन ल्याउन लागेको छ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ६० दिनको कमेन्ट अवधि तय गर्दै फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेको छ ।

फेडरल रजिष्टरमा प्रकाशित सुचना यहाँ हेर्नुहोला ।

सामान्य प्रकृया अवधिभन्दा बढी समय लागेका आवेदनमा अनलाइन मार्फत सोधपुछ गर्न सकिने व्यवस्था रहेकोमा त्यसको नयाँ भर्सन ल्याउन लागिएको हो । समयमै निर्णय नआएका, आवेदन पछि बायोमेट्रिक लगायतका सुचना प्राप्त गर्न नसकेका, हुलाकबाट कार्ड वा अन्य कागजात प्राप्त गर्न नसकेकाहरुले अनलाइनमार्फत अनुरोध गर्नसक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै युएससीआइएसले नाम लगायतका कुनै विवरणको टाइपमा गरेका गल्तीका सन्दर्भमा पनि यो टुलमार्फत जानकारी गराउन सकिन्छ । कुनै अप्वाइन्टमेन्ट आवश्यक पर्दा समेत यो टुलको प्रयोग गर्न सकिन्छ । सोधपुछका क्रममा प्राप्त विवरणका आधारमा युएससीआईएसले आवेदन हेरेर उचित कदम चाल्छ ।

आफ्नो आवेदन नियमित अवधिभन्दा बढी लागे नलागेको थाहा पाउन यहाँ क्लीक गर्नुहोला । आवेदनको नाम र सर्भिस सेन्टर वा फिल्ड अफिसको नाम हालेपछि अधिकतम अवधि देख्न सक्नुहुनेछ ।

यदि अधिकतम अवधिभन्दा बढी अवधि लागेको छ भने वा तोकिएको अवधिभन्दा ढिलो भएको छ भने छिटो निर्णयका लागि अनुरोध गर्न यहाँ क्लीक गर्नुहोला ।

यसरी अनलाइनबाट सोधपुछ गर्दा कुनै शुल्क तिर्नु पर्दैन । नोभेम्बर १ देखि लागु हुनेगरी युएससीआईएसले ६ महिनाको अवधिका आधारमा कुनै आवेदनमा लाग्ने प्रकृयाको अधिकतम र न्यूनतम अवधि निर्धारण गर्दै आएको छ । यसभन्दा अगाडि एक महिनाको अवधिका आधारमा कुनै पनि आवेदनमा लाग्ने प्रकृयाको अधिकतम र न्यूनतम अवधि निर्धारण गरिदै आएको थियो ।

निर्णय आउन ढिलो भएको, सुचना नपाएको, कार्ड वा कागजात हराएको, अप्वाइन्टमा सुविधा लिन आवश्यक भएको वा युएससीआइएसले टाइप गर्दा गल्ती गरेको अवस्थामा अनुरोध गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com