अमेरिकामा शरण लिएकाहरुका परिवारका लागि दिइएको आवेदन लस एन्जलसबाट एटलान्टा पठाइने


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

अमेरिकामा शरण लिएकाहरुका परिवारका लागि दिइएको आवेदन फर्म आई ७३० आवेदनहरु प्रकृयाका लागि लस एन्जलसबाट एटलान्टा पठाइने भएको छ । शरण लिएको मुख्य व्यक्तिसँग मिलनका लागि अमेरिका आउने परिवारका सदस्यहरुका लागि यो आवेदन पेश गरिन्छ ।

ती आवेदनहरु लस एन्जलसमा रहेको एसाइलम अफिसबाट एटलान्टामा हालै स्थापित एसाइलम भेटिङ सेन्टरमा पठाइने भएपनि शरणार्थी आवेदकले फाइल गरेका आई ७३० आवेदनको सबै प्रकृया र निर्णय पद्धतीमा भने कुनै परिवर्तन नगरिएको युएससीआईएसले स्पष्ट पारेको छ । केवल निर्णय गर्ने स्थानमात्र परिवर्तन गरिने छ ।

हालै फाइल गरिएका आवेदनका सन्दर्भमा उक्त आवेदन एटलान्टा पठाइएको सुचना आवेदकले प्राप्त गर्नेछन् । पेन्डिङ आवेदनहरुको सन्दर्भमा पनि आवेदन एटलान्टाको एसाइलम भेटिङ सेन्टरमा पठाएकोबारे सुचित गरिने युएससीआईएसले जनाएको छ ।

कामको भारलाई सन्तुलनामा राख्नका लागि यस्तो परिवर्तन गरिएको युएससीआईएसले जनाएको छ । यो केबल आई ७३० आवेदन दिइएका शरणार्थीका सन्दर्भमा मात्र लागु हुनेछ भने एसाइलीहरुसँगको मिलनका लागि आउने परिवारका सदस्यहरुको प्रारम्भिक प्रकृया भने उस्तै रहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com