एक्सचेन्ज भिजिटर कार्यक्रममा पनि स्टीम विद्यार्थीहरु ३६ महिनाको ओपीटीका लागि योग्य हुने


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

जे वान एक्सचेन्ज भिजिटर कार्यक्रममा पनि विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका स्टीम विद्यार्थीहरु ३६ महिनाको ओपीटीका लागि योग्य हुने भएका छन् । विगतका यो १८ महिनाको ओपीटीका लागिमात्र योग्य हुने प्रावधान रहेकोमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका दक्षहरुलाई आकर्षित गर्न नयाँ कार्यक्रम ल्याइएको हो । उनीहरुको ओपीटीको अधिकतम कुल अवधि ३६ महिना हो जसमा एकपटकको थप पनि समेटिएको छ ।

यसबारे अमेरिकी सरकारको विदेश मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ । जस अनुशार विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रहरूमा अण्डरग्रयाजुएट वा प्रि डक्टरल विद्यार्थीहरुलाई ३६ महिनासम्मको वैकल्पिक व्यावहारिक प्रशिक्षण ओपीटी प्राप्त गर्न अनुमति दिनेछ । जसमा भर्खरै त्यस्ता अध्ययनहरू पूरा गरेकाहरुलाई पनि समेटिएको छ ।

यो नयाँ कार्यक्रम शैक्षिक शत्र २०२१/२०२२ र २०२२/२०२३ का लागि शैक्षिक प्रशिक्षण आवश्यकताहरू पूरा गर्ने विद्यार्थीहरूको एक्सचेन्जका सन्दर्भमा लागु हुनेछ । एक्सचेन्ज कार्यक्रमका स्पोन्सरहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित अध्ययनहरू पूरा गरेपछि ३० दिन दिन भित्र शैक्षिक प्रशिक्षण ओपीटी सुरु गर्न खोज्ने योग्य विद्यार्थीहरु र हालैका ग्रयाजुएटहरुलाई ३६ महिनासम्मको विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित शैक्षिक तालिमका लागि अनुरोध गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा आउने जे वान एक्सचेन्ज भिटिरहरुलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित अनुसन्धानमा संलग्न हुनको लागि सहज बनाउन अमेरिकी विदेशमन्त्रालयले प्रारम्भिक क्यारियर स्टीम अनुसन्धान पहल पनि सुरु गर्नेछ ।

यसबारे थप जानकारीका लागि यहाँ पढ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com