Follow @khasokhasmag

रोजगारमा आधारित ग्रिनकार्ड फेब्रुअरीमा पनि करेन्ट, अमेरिकामा हुनेलाई वर्क परमिट र एड्भान्स परोल


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

रोजगारमा आधारित सबै श्रेणीका भिसा फेब्रुअरीमा पनि करेन्ट रहेका छन् । फेब्रुअरीको भिसा बुलेटिन अनुशार फेब्रुअरीमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५ अर्थात् ग्रिनकार्ड आवेदन पेश गर्न सक्नेछन् ।  भिसा करेन्ट भएकाले कुनै समय प्रतिक्षा गर्नुपर्नेछैन ।

आई ४८५ फाइल गरेपछि उक्त आवेदन पेन्डिङ रहेको अवधिसम्म उनीहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् ।

ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

विगतमा केही समय देखि नेपालीहरु लगायतका लागि रोजगारमा आधारित भिसाहरु करेन्ट रहदै आएका छन् । चीन, एल साल्भाडोर, होण्डुरस, ग्वाटेमाला र भारतका लागि भने रोजगारमा आधारित सबै श्रेणीका भिसाहरु जनवरीमा करेन्ट छैनन् ।

नेपालीहरुका लागि भिसा करेन्ट नभएको अवस्थामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४० दिइसकेपछि एकसाथ ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्ने अवस्था थिएन । आई ४८५ फाइल गर्नका लागि भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्ने अवस्था थियो ।

जसका कारण भिसा करेन्ट हुन्जेल आई १४० आवेदन दिनेहरुले आफ्नो स्टाटस जोगाइराख्नुपर्ने बाध्यता र झन्झट समेत थियो । उक्त झन्झटका कारण अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आउनेहरुले अमेरिकामा आई १४० आवेदन दिएर नेपाल फर्केर ग्रिनकार्ड कुर्ने अवस्था समेत आएको थियो ।

आई १४० का साथमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गरेको भएतापनि यदि आई १४० आवेदन अस्वीकृत भएमा भने युएससीआईएसले आई ४८५ आवेदन स्वत अस्वीकृत गर्दै आएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com