विना भिसा क्यानडा प्रवेश गरेर शरण खोज्नेलाई अब सिमाक्षेत्रबाट नफर्काइने


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

क्यानडामा शरण लिनका लागि विना भिसा सिमाक्षेत्रबाट क्यानडा प्रवेश गर्न खोज्नेहरुलाई फर्काउने महामारीको अवस्थाको नियमलाई क्यानडाले अन्त्य गर्ने भएको छ । अब क्यानडामा शरण लिन चाहनेहरुलाई विना भिसा प्रवेश गर्न सहज हुने भएको छ ।

क्यानडाले सन् २०२० को मार्चदेखि मध्य अक्टोबरसम्म शरण लिन चाहने ५४४ जनालाई अमेरिका तिरै फिर्ता पठाएको थियो । क्यानडाले के कारणले पूरानो नीति अन्त्य गर्नेछ र भ्याक्सिन नलगाएका एसाइलम खोज्नेहरुलाई क्वारेन्टीनको कुनै नियम लागु हुने नहुनेबारे केहि बताएको छैन ।

क्यानडाको सिमाक्षेत्रबाट फिर्ता पठाइएका कैयनलाई अमेरिकामा हिराशतमा लिइएको थियो । उनीहरुमध्ये कम्तीमा दुईजनालाई देशनिकाला गरिएको जनाइएको छ । क्यानडाले अमेरिकासँग कस्ता एसाइलम खोज्नेलाई फिर्ता पठाउने भन्ने सन्दर्भमा सुरक्षित तेश्रो देश सहमति गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारी सुरु भएपछिको नीतिमा केही अपवादहरु रहेका थिए । अगस्तदेखि क्यानडाले फर्काइएका एसाइलम खोज्नेलाई पुनः आएर आबेदन दिन सक्ने व्यवस्था गरेको थियो । तर यो नीतिवारे धेरैले थाहै पाएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com