ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

बर्दिया, २३ जेठ । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ ।

राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका– १ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से ५ प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो ।
रावल र मोटरसाइकल पछाडि बसेका सोही स्थानका १४ वर्षीय सुरेश रोकाय घाइते भएकामा रावलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । ट्र्याक्टर चालक भने फरार छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com