मिस ग्राण्ड बेल्जियमको फाइनलमा नेपाली डिजाइनर आरतीले डिजाइन गरेका पोशाकमा प्रतिस्पर्धी


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

मिस ग्राण्ड इन्टनेशनलमा बेल्जियमबाट भाग लिने प्रतिस्पर्धीको छनौटका लागि भएको मिस ग्राण्ड बेल्जियमको फाइनल गाला राउन्डमा उत्कृष्ट टपटेन प्रतिस्पर्धीहरु नेपाली फेशन डिजाइनर आरती प्रधान काफ्लेको डिजाइनमा र्याम्पमा उत्रिएका छन् । शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा सहभागी सबै टपटेन प्रतिस्पर्धीहरुले आरतीले डिजाइन गरेका पोशाक लगाएका थिए ।

नेपाल र बेल्जियमबाट फेशन डिजाइनमा उच्च शिक्षा हासिल गरेकी आरतीको डिजाइनको प्रतियोगितामा प्रशंसा भएको थियो । फाइनल प्रतियोगिता बेल्जियमको लिन्तमा भएको थियो ।

कस्ले जित्यो मिस ग्राण्ड बेल्जियम २०२१ को ताज?

यस पटकको मिस ग्राण्ड बेल्जियम २०२१ को उपाधी भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीय जोम्की तेन्जिनले जितेकी छिन् । उनले मिस ग्राण्ड इन्टनेशनलमा बेल्जियमको प्रतिनिधित्व गरेर सहभागिता जनाउनेछिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिस ग्राण्ड बेल्जियम २०२१ जोम्की तेन्जिन

कोरोना महामारीका कारण मिस ग्राण्ड इन्टनेशनलमा बेल्जियमले दुईबर्षपछि सहभागिता जनाउन लागेको हो । मिस ग्राण्ड बेल्जियम २०२१ तेन्जिन अँग्रेजी, डच र तिब्बती भाषामा पोख्त छिन् भने हिन्दी, फ्रेन्च र जर्मन भाषा समेत बुझ्न र फर्काउन सक्छिन् ।

सन् २०१८ मा बेल्जियमबाट मिस ग्राण्ड इन्टनेशनलमा एलिजाबेथ मास्कोइजले सहभागिता जनाएपनि टप २० मा भने पर्न सकिनन् । सन् २०१९ र २०२० मा बेल्जियमले मिस ग्राण्ड इन्टनेशनलमा भाग लिएन ।

के हो मिस ग्राण्ड इन्टनेशनल?

मिस ग्राण्ड इन्टनेशनल सन् २०१३ देखि लगातार हुँदै आएको छ । गतबर्ष कोरोना महामारीका बीचपनि विश्वभरका ६३ जना सुन्दरीहरुले प्रतियोगितामा भाग लिएका थिए । सन् २०१९ मा ६० जनाले भाग लिएका थिए ।

मिस ग्राण्ड इन्टनेशनल थाइल्याण्डमा स्थापना गरिएको फ्रेन्चाइजमा आधारित सौन्दर्य प्रतियोगिता हो । यसमा सहभागि हुनका लागि विभिन्न देशका निजी संस्थालाई उक्त देशको मिस ग्राण्ड छनौट गर्ने लाइसेन्स प्रदान गरिएको छ । गतबर्षको प्रतियोगिता अक्टोबर २५ मा भेनेजुएलाका लागि तय भएपनि कोरोना महामारीका कारण सन् २०२१ को मार्चमा सारिएको थियो भने टाइटल अमेरिकन अश्वेत सुन्दरीले जितेकी थिइन् ।

मिस ग्राण्ड इन्टरनेशल २०२० की विजेता अमेरिकन अश्वेत सुन्दरी अबेना अपियाह

आगामी प्रतियोगिता डिसेम्बर ४ मा बैंककमा नै हुने तय गरिएको छ । प्रतियोगिता अहिलेसम्म थाइल्याण्डबाहेक अमेरिका, भियतनाम, म्यानरमार र भेनेजुएलामा समेत भइसकेको छ । अमेरिका, भेनेजुएला, पाराग्वे, पेरु, इन्डोनेशिया, डोमेनिकन रिपब्लिक, क्युबा, अष्ट्रेलिया र पोर्तोरिकोका सुन्दरीहरुले अहिलेसम्म मिस ग्राण्ड इन्टरनेशनलको ताज पहिरिएका छन् ।

नेपालबाट कसकसले भाग लिए ?

सन् २०२० मा नेपालबाट अम्बिका रानाले भाग लिएकी थिइने भने सन् २०१९ मा नेपालबाट निशा पाठकले भाग लिएकी थिइन् । सन् २०१८ मा नेपालबाट उरुसा जोशीले भाग लिएकी थिइन् ।

सन् २०१७ मा नेपालबाट जिनुस लामाले भाग लिइन् । सन् २०१५ मा जेनिता बस्नेत र सन् २०१४ मा श्रृजना रेग्मीले भाग लिए । पहिलो बर्ष सन् २०१३ मा भने नेपालबाट कसैले भाग लिएनन् ।

नेपालमा आर के इन्टरटेन्मेन्ट गु्रपले मिस ग्राण्ड नेपाल आयोजना गर्दैछ । जसबाट मिस ग्राण्डको नेपालको ताज पहिरिने विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा भाग लिन पाउनेछन् । अक्टोबर २ मा हुने अडिशनका लागि अहिले आवेदन खुला गरिएको छ । अडिशन ठमेलको होटल नेपालयमा हुने जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com