अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले एक करोड बढी मूल्यका स्वास्थ्य सामाग्री नेपाल पठाउँदै


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको छ । १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग सङ्कलन भइरहेको छ ।

आवाश्यक स्वास्थ्य सामग्री खरिद र सङ्कलनमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पदाधिकारी, बोर्ड सदस्यहरू साथै च्याप्टरका प्रतिनिधिहरूले काम गरिरहेको एनआरएनएले जनाएको छ ।

नेपाल पठाउन लागिएको स्वास्थ्य सामाग्रीको सङ्कलन, खरिद र ढुवानीका सम्बन्धमा गैर आवासीय नेपाली सङ्घ अमेरिका अन्तरगतका २९ वटा च्याप्टरहरूको सक्रियतामा अगष्ट १५ तारिख जुम मिटिङ आयोजना गरिएको थियो । धेरै जसो च्याप्टरहरूले अक्सिजन कन्सन्टेटर, पीपीपीइ सेट र मास्क खरिद र सङ्कलन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगष्ट २७ तारिख अमेरिकाको युटाह राज्यबाट संकलित सहयोग सामाग्री नेपालका लागि पठाइँदै छ । त्यसका लागि २३ तारिख भित्र सबै सामाग्री युटाहा पुगिसक्नु पर्ने हुन्छ ।

टेकु स्थीत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर श्रवण कुमार मण्डल कोरोना संक्रमित आफ्ना आमा र बुबाको उपचार गर्दै । फोटो:  दीपेन्द्र ढुंगाना 

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल सरकारलाई सहयोग स्वरूप पठाउन लागेका स्वास्थ्य उपकरण र सामग्रीको ढुवानी अमेरिकी सरकारले गरिदिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रम मार्फत सहयोग सामग्री नेपाल पठाउन लागिएको हो । अमेरिकामा रहेका प्रतिष्ठित गैर नाफा मूलक संस्थाले सङ्कलन गरेको दान सहयोगलाई सम्बन्धित देशसम्म पुर्‍याउन सहयोग गर्ने छ ।

डेन्टोन कार्यक्रमसँग गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सम्बन्ध जोडिनुलाई राम्रो उपलब्धिको रूपमा लिइएको छ । नेपाल समान ढुवानी गर्ने अमेरिकाको युटाह राज्यमा रहेको युटाह नेशनल गार्डको परिसर भित्र अगष्ट २३ तारिख समान पुर्‍याइसक्नु पर्ने हुन्छ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री लिएर अगष्ट २७ तारिख युटाह राज्यको साल्ट लेक सिटीबाट अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भर्नेछ । नेपाल पुगेपछि सबै स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरिने छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सहयोग स्वरूप पठाएका स्वास्थ्य उपकरण र सामग्रीको सही वितरण र प्रयोग होस भन्नका लागि अमेरिकी सहयोग नियोग युएनडीपीले नेपाल सरकारसँग मिलेर सम्बन्धित पक्षसम्म पुर्‍याउन सहयोग गर्ने छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com