२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

अमेरिकाले आज नेपाललाई १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउँदै

अमेरिकाले आज नेपाललाई १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन पठाउने भएको छ । ह्वाइट हाउसका अधिकारीका अनुशार अमेरिकाले आज नेपालका लागि १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउन लागेको हो ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोज लगाए पुग्छ भने नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ ।

जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ ।

यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

हाल अमेरिकामा स्वीकृत भ्याक्सिनहरुमध्ये जोन्सन एण्ड जोन्सनको भ्याक्सिनमात्र भण्डारण र वितरण गर्नसक्ने क्षमता नेपालसँग रहेको छ । नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नभएको अवस्थामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने नेपालको लागि भण्डारण र वितरणमा सहज रहेको छ ।

हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको भेरोसेल नामक खोप मात्रै लगाइएको छ । यी दुबै खोज दुईदुई डोज लगाउनुपर्छ ।

अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले जुनको पहिलोसाता झण्डै ७ मिलियन डोज एसियाका देशलाई प्रदान गर्ने र जुनको तेश्रो साता १६ मिलियन डोज प्रदान गर्ने घोषणा गरेकोमा दुबै घोषणामा नेपाललाई समावेश गरेको थियो । नेपाललाई अमेरिकाले उपलब्ध गराउने भ्याक्सिन कोभ्याक्समार्फत हो ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउने र नेपाल अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो आफ्ना लागि अत्यन्तै खुशीको क्षण भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत
बेरीले भनेका छन् अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →