न्युयोर्क सिटीमा अब १२ बर्षमाथिकालाई घरघरमै कोरोनाबिरुद्धको भ्याक्सिन, यसरी लिनुहोस् अप्वाइन्टमेन्ट


प्रकाशित मिति : असार ९, २०७८ बुधबार

न्युयोर्क सिटीमा अब १२ बर्षमाथिकालाई घरघरमै कोरोनाबिरुद्धको भ्याक्सिन दिइने भएको छ । न्युयोर्क सिटीको टेस्ट एण्ड ट्रयास कर्पले अबदेखि घरमै निशुल्क भ्याक्सिन उपलब्ध गराइने घोषणा गरेको हो ।

घरघरमा फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराइनेछ । तर त्यसका लागि घरमा भ्याक्सिन लगाउन चाहनेहरुले अप्वाइन्टमेन्ट दर्ता गराउनुपर्नेछ । त्यसपछि तोकिएको समयमा अनुभवी टिमले घरमै आएर भ्याक्सिन लगाइदिनेछ ।

आजैदेखि लागु हुनेगरी घरघरमा भ्याक्सिन वितरण सुरु गरिएको हो । भ्याक्सिन लगाउन २ जनाको टिम घरमा आउनेछ । एकजनाले भाषाको अनुवाद लगायतका काममा समेत सघाउनेछन् । १८ बर्षभन्दा कम उमेरका व्यक्तिलाई भ्याक्सिन लगाउँदा बयस्क व्यक्ति साथमा हुनुपर्नेछ ।

घरमा भ्याक्सिन लगाउन चाहनेहरुका लागि हप्ताको सातैदिन अप्वाइन्टमेन्ट उपलब्ध रहेका छन् । विहान ९ बजेदेखि बेलुका ७ बजेसम्मको कुनै पनि समयमा अप्वाइन्टमेन्ट लिन सकिनेछ । अप्वाइन्टमेन्ट लिनका लागि यो लिंकमा क्लीक गर्नुहोला । वा ८७७ ८२९ ४६९२ मा फोन गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com