अमेरिकाले नेपाललाई थप ५५ मिलियनबाट पनि कोरोनाबिरुद्धको भ्याक्सिन दिने, यसैमहिना पठाउने


प्रकाशित मिति : असार ७, २०७८ सोमबार

अमेरिकाले नेपाललाई थप ५५ मिलियन डोजबाट पनि कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्ने भएको छ । यसअगाडि जुन ३ मा  २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले आज बाँकी ५५ मिलियन डोजमा पनि नेपालका लागि भ्याक्सिन छुट्याएको हो ।

अमेरिकाले तत्कालका लागि ८० मिलियन डोज भ्याक्सिन विश्वका विभिन्न देशलाई सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले नेपाल लगायतका देशहरुलाई जुनभित्र भ्याक्सिन पठाउने प्रतिबद्धता समेत जनाएको छ ।

टेकु स्थीत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर श्रवण कुमार मण्डल कोरोना संक्रमित आफ्ना आमा र बुबाको उपचार गर्दै । फोटो:  दीपेन्द्र ढुंगानाको इन्स्टाग्रामबाट

बाइडेन प्रशासनले आज गरेको घोषणा अनुशार ५५ मिलियन डोज भ्याक्सिनमध्ये ४१ मिलियन डोज कोभ्यासमार्फत वितरण गरिनेछ । जसमा झण्डै १४ मिलियन ल्याटिन अमेरिका र क्यारेबीयन देशहरुलाई उपलब्ध गराइनेछ भने १६ मिलियन नेपालसहित एसियाका १८ देश र भूभागलाई प्रदान गरिनेछ । त्यस्तै १० मिलियन डोज अफ्रिकाका देशहरुलाई दिइनेछ ।

५५ मिलियनमध्ये १४ मिलियन डोज अर्थात् २५ प्रतिशत भ्याक्सिन अमेरिकाले विभिन्न देशहरुलाई सिधै उपलब्ध गराउने भएको छ । त्यसमा पाकिस्तान, बंगालादेश, अफगानिस्तान लगायतका मुलुकहरु समावेश गरिएपनि नेपाललाई समावेश गरिएको छैन ।

अमेरिकाले ५ सय मिलियन फाइजर भ्याक्सिन किनेर विभिन्न ९२ वटा देशहरुलाई प्रदान गर्ने समेत घोषणा गरिसकेको छ । अमेरिकाले भ्याक्सिन सहयोग राजनीतिक समर्थन प्राप्तीका लागि प्रयोग नगर्ने समेत घोषणा गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com