एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित


प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा कृष्णजीवी पन्त निर्वाचित भएका छन् भने महासचिवमा अन्जनकुमार चौलागाई निर्वाचित भएका छन् ।

शनिबार र आइतबार भएको मतदानमा कुल १५ हजार ७ सय ६८ जनाले मतदान गरेका थिए । कुल सदस्य संख्या भने २० हजार १ सय ३८ रहेको छ । ४ सय बढी उम्मेदबार रहेको चुनावमा ७८ दशमलव ३२ प्रतिशत मत खसेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com