२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

खोप अनुरोध गर्दै नेपाली राष्ट्रपतिबाट अमेरिकी राष्ट्रपति र बेलायतकी महारानीलाई पत्र

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहायता अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई पठाएको पत्र हस्तान्तरण गरिएको छ । बेलायत र अमेरिकामा रहेका नेपाली दूतावासले ती पत्रहरु अमेरिका र बेलायतका विदेश मन्त्रालयहरुमार्फत पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले महारानी एलिजावेथ द्वितीयलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत् ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ ।

बेलायतले गत साता नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

त्यस्तै नेपाललाई कोरोनाविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन् । भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका छन् ।

खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न मुलुकले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

नेपालले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । त्यस क्रममा राजदूत खतिवडाले सबै खोप जान्सेन फार्मास्युटिकल कम्पनीबाट खरिद गर्ने मनसाय पनि मसिन्गासमक्ष व्यक्त गरेको जनाइएको छ ।

जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएको दूतावासले जनाएको छ । दूतावासका अनुसार अमेरिकी सरकारले सकेसम्म कोभ्याक्स र द्विपक्षीय व्यवस्थापनमार्फत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने प्रक्रियालाई छिटो अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →