२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
भ्याक्सिन अपडेट

अमेरिकामा बिहिबारदेखि १२ बर्षमाथिकालाई कोरोनाबिरुद्धको भ्याक्सिन

अमेरिकामा बिहिबारदेखि १२ बर्षमाथिकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गरिने भएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकाहरुमा प्रयोगका लागि समेत अनुमति दिएपछि छिटोमा बिहिबारदेखि वितरण हुने भएको छ । अब अमेरिकामा यो भ्याक्सिन १२ बर्षमाथिका सबैले लगाउन पाउने भएका छन् ।

अमेरिकामा १२ बर्षदेखिमाथिकालाई प्रयोगको अनुमति दिइएको फाइजर पहिलो र एकमात्र भ्याक्सिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ बर्षदेखि माथिकाहरुलाई फाइजरको भ्याक्सिन तुरुन्त उपलब्ध गराउन राज्यहरुलाई आग्रह गरेका छन् । बालबालिकाहरुलाई भ्याक्सिन प्रदान गरिनुलाई सुरक्षित रुपमा विद्यालय संचालनका लागि निकै महत्वपूर्ण मानिएको छ ।

मार्चको अन्तिममा गरिएको फाइजरको क्लीनिकल परीक्षणमा २२ सय ६० जना १२ बर्षदेखि १५ सम्मका बालबालिकाहरु सहभागी थिए । उनीहरुमा भ्याक्सिन शतप्रतिशत प्रभावकारी पाइएको छ ।

डिसेम्बरमा प्रयोगको अनुमतिपछि अमेरिकामा फाइजर र मोडेर्ना भ्याक्सिन धमाधम वितरण भइरहेको छ । अमेरिकामा एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई पनि प्रयोगको अनुमति छ । मोडेर्ना र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने १८ बर्षभन्दा माथिकाहरुलाईमात्र लगाउन अनुमति छ ।

त्यस्तै मेरिल्याण्डमा रहेको नोभाभ्याक्सले पनि १२ बर्षदेखि १७ बर्षसम्मका ३ हजारसम्ममा तेश्रो चरणको क्लीनिकल परीक्षण विस्तार गर्ने बताएको छ । उनीहरुलाई दुईडोज भ्याक्सिन वा सलाइन २१ दिनको अन्तरमा प्रदान गरिनेछ । यो भ्याक्सिनले भने अमेरिकामा प्रयोगको अनुमति पाएको छैन ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →