संसारको गरिवमध्येको देशमा कोरोनाबाट मृत्युदर सबैभन्दा कम


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

संसारको गरिवमध्येको एउटा देश हैटीमा कोरोनाबाट मृत्युदर सबैभन्दा कम रहेको छ । अप्रिलको अन्त्यसम्ममा हैटीमा कोरोना संक्रमणबाट जम्मा २५४ को मृत्यु भएको रेकर्ड रहेको छ ।

क्यारेबीयन राष्ट्र हैटीले प्राय सरुवा रोगहरुसँग संघर्ष गर्नुपरिरहेको हुन्छ । कोरोना संक्रमणबाट भने यो देशमा हरेक एकमिलियनमा २२ जनाकोमात्र मृत्यु भएको रेकर्ड रहेको छ । अमेरिकामा कोरोना संक्रमणबाट हरेक एक मिलियनमा १८ सयको मृत्यु भएको छ ।

युरोपमा भागहरुमा पनि हरेक एकमिलियनमा औषतमा ३ हजारको मृत्यु भएको छ । तर हैटीको यो सफलता भने कोरोनाबिरुद्ध कुनै आविश्वकार वा चमत्कारिक कदमका कारण भने भएको होइन । प्राय सबैले सार्वजनिक स्थलमा मास्क लगाउन छाडेका छन् । बस र बजारहरु भींडभाडयुक्त छन् । कोरोनाबिरुद्धको एक डोज भ्याक्सिन पनि लगाउन सुरु गरिएको छैन ।

११ मिलियन जनसंख्या भएको र्हैटीमा गत जुनमा कोरोना संक्रमण फैलिएको थियो । अस्पतालहरु कोरोना संक्रमणका बिरामीहरुले भरिएका थिए । जम्मा दुईवटा स्थानमा मात्र कोरोना परीक्षण गर्नसकिने सेवा उपलब्ध रहेको थियो । त्यसैले हैटीमा कोरोना संक्रमणको बास्तविक संख्या अज्ञात रहेको छ । अहिले परीक्षण उपलब्ध छ तर कोरोना संक्रमणका थोरैमात्र केसहरु देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हैटीमा अहिले हरेक दिन कहिले दुई, कहिले शुन्य त कहिले २० जनासम्म कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमणको दोश्रो छाल आउने अनुमान गरिएपनि हैटीमा त्यस्तो अवस्था श्रृजना भएको छैन । हैटीमा आउटडोर बजारहरु पनि खासमा कहिले पूर्णरुपमा बन्द भएनन् ।

काम नगरी खान नपाउने अवस्थाका कारण हैटीमा पूर्णरुपमा लकडाउन पनि भएन । महामारीमा घरभित्रै बस्ने र भर्चुअल रुपमा काम गर्ने कुरा अधिकां हैटीयनका लागि सम्भव पनि छैन । कोरोनाको महामारीप्रति चासो देखाउँदै विश्व स्वास्थ्य संगठनले हैटीलाई कोभ्याक्स कार्यक्रम अन्तरगत आष्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउने प्रस्ताव गरेपनि हैटीले अस्वीकार गरेको थियो ।

युरोपमा भ्याक्सिनको कडा साइड इफेक्ट सुनेका हैटीयनहरु भ्याक्सिन लगाउन हतार नगर्ने भन्दै विश्व स्वास्थ्य संगठनको प्रस्ताव अस्वीकार गरिएको थियो । हैटीमा बुढाबुढीहरु कम भएका कारण पनि कोरोनाले कम प्रभाव पारेको हुनसक्ने विश्लेषण गरिएको छ । किनभने हैटीमा औषत उमेर २३ बर्ष रहेको छ । कम उमेरका बयस्कहरुमा कोरोनाको प्रभाव कम देखिएको थियो ।

त्यस्तै अर्कोतर्फ गतबर्षको समरमा अधिकांश हैटीयनहरु संक्रमित भएर कुनै लक्षण नदेखिएको तर त्यसबाट सामुदायिक इम्युन विकाश भएको समेत विश्लेषण गरिएको छ । साथै हैटीका घरहरु खुला भएकाले प्रसस्त भेन्टिलेशन हुने गर्छ । कारण जेसुकै भएपनि हैटीयनका लागि कोरोना महामारी दैनिक चासोको विषय रहेको छैन ।

हैटीमा अन्य कैयन मुख्य समस्याहरु रहेकाले हैटीयनहरुले कोरोना महामारीलाई मुख्य समस्याका रुपमा हेरेका छैनन् । गरिवी, राजनीतिक अस्थीरता, स्थानीय मुद्रामा भारी उतारचढाव, भ्रष्टाचार, हतियारधारी समुहहरु हैटीका मुख्य समस्याहरु रहेका छन् । झाडापखलाबाट बालबालिकाको मृत्युदर अहिलेपनि उच्च रहेको छ । अपहरण पनि मुलुकको मुख्य समस्याका रुपमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com