२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

अमेरिकामा ५० लाख धेरैले छुटाए भ्याक्सिनको दोश्रो डोज

५० लाख भन्दा धेरै अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज नलगाएको र यो संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । मोडेर्ना र फाइजरको भ्याक्सिनको पहिलो डोज लगाएका झण्डै ८ प्रतिशतले दोश्रो डोज भ्याक्सिन छुटाएको सीडीसीको पछिल्लो तथ्यांकमा देखिएको छ ।

पहिलो डोज लगाएकाहरुले दोश्रो डोज छुटाउनुको कारण भने फरक फरक बताएका छन् । केहीले फ्लुजस्तै देखिने लगायतका साइड इफेक्टको डरका कारण दोश्रो डोज नलगाएको बताएका छन् भने केहीले आफू पहिलो डोजबाटै प्रयाप्त सुरक्षित भएको अनुभव गरेकाले दोश्रो डोज नलगाएको बताएका छन् । केही भ्याक्सिन प्रदायकहरुले भने प्रयाप्त भ्याक्सिन नरहेको भन्दै दोश्रो डोजका अप्वाइन्टमेन्टहरु रद्द गरिदिएका थिए ।

सबैभन्दा ठूलो भ्याक्सिन प्रदायक मध्येको एक वालग्रिनले मोडेर्ना वा फाइजरको भ्याक्सिनका पहिलो डोज लगाएका केही व्यक्तिलाई आफूसँग अर्को भ्याक्सिनमात्र उपलब्ध रहेको भन्दै अप्वाइन्टमेन्ट रद्द गरिदिएको थियो । केहीले उपयुक्त दोश्रो डोज प्राप्त गर्नका लागि प्रयास गरेका थिए भने केहीले त्यत्तिकै छाडेका थिए ।

अर्कान्सास र इलिनोयका स्वास्थ्य अधिकारीहरुले पहिलो डोज लगाएकाहरुलाई दोश्रो डोज लगाउनका लागि सम्झाउन फोन, टेक्स्ट र पत्रहरु पठाउने गरेका छन् । पेन्सिलभेनियामा स्वास्थ्य अधिकारीहरुले कलेजमा पढ्ने विद्यार्थीहरु विदा भइसकेपछि पनि दोश्रो डोज प्राप्त गर्ने सुनिश्चितताका लागि काम गरिरहेका छन् । साउथ क्यारोलिनामा दोश्रो डोजका लागि छुटाएकाहरुका लागि भ्याक्सिन अलग्गै राखिएको छ ।

अमेरिकामा अहिलेसम्म २२६ मिलियन डोज भ्याक्सिन वितरण गरिसकिएको छ भने १३८ मिलियनले भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाइसकेको जनसंख्या अमेरिकामा ४१ दशमलव ८ प्रतिशत रहेको छ भने पूर्णरुपमा भ्याक्सिन लगाउनेहरु २८ प्रतिशत रहेका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →