२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

मेको मध्यसम्म अमेरिकामा भ्याक्सिनको मागभन्दा आपूर्ति धेरै हुने, दैनिक २८ लाखलाई भ्याक्सिन

मेको मध्यसम्म अमेरिकामा अमेरिकनहरुले लगाउन चाहेको भन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध हुने तथ्यांकले देखाएको छ । मान्छेहरुले लगाउन चाहेको भन्दा धेरै भ्याक्सिनको उपलब्धताले विज्ञहरु भने चिन्तित भएका छन् ।

अमेरिकामा ५३ प्रतिशतभन्दा धेरै १८ बर्षमाथिका बयस्कहरुले भ्याक्सिन प्राप्त गरिसकेको र ४० प्रतिशतभन्दा बढीले मेको मध्य अगाडि नै दोश्रो डोज लगाइसक्ने भएकाले मागभन्दा भ्याक्सिनको आपूर्ति बढी हुने देखिएको हो । अहिले अमेरिकाको कुल जनसंख्याको ४१ द्यशमलव ८ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।

हाल अमेरिकामा १६ बर्षभन्दा कम उमेरका व्यक्तिलाई कुनैपनि कोरोनाबिरुद्ध भ्याक्सिनका लागि स्वीकृति प्रदान गरिएको छैन । भ्याक्सिन उत्पादकहरुले १६ बर्षभन्दा मुनीका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताबारे अध्ययन गरिरहेका छन् भने फाइजरले १२ देखि १५ बर्षभित्रका लागि भ्याक्सिनका लागि स्वीकृति प्रदानगर्न एफडीएसमक्ष अनुरोध गरिसकेको छ ।

बच्चाहरुलाई भ्याक्सिन नलगाएसम्म अमेरिकालाई हर्ड इम्युनिटीमा पुग्न मुस्किल हुने विज्ञहरुले बताएका छन् । पछिल्ला दिनहरुमा अमेरिकामा भ्याक्सिन लगाउने दैनिक दरमा केही कमी आएको छ । शुक्रबार भ्याक्सिन लगाउने दैनिक औषत दर २८ लाख रहेको थियो । अप्रिल १३ मा यो दर ३३ लाख रहेको थियो ।

अमेरिकामा आगामी दिनमा कोरोना संक्रमणबाट मृत्युदरमा कमी हुने विभिन्न मोडलहरुले प्रक्षेपण गरेका छन् । यदि भ्याक्सिन लगाउन हिचकिचाहट भएमा यो दर बढ्नसक्ने अनुमान गरिएको छ । गतसाता अमेरिकामा कोरोना संक्रमणबाट दैनिक मृत्युदर औषतमा ७ सय ४ रहेको थियो । जोन हप्किन्सको तथ्यांक अनुशार जनवरी र फेबु्रअरीमा यो दर ३ हजारको हाराहारीमा थियो । जुन १ सम्म दैनिक मृत्युदर घटेर ४२५ मा झर्ने र अगस्त १ सम्म १ सय ५ सम्म झर्ने प्रक्षेपण गरिएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →