एकसयदिनमा दुईसय मिलियन डोज भ्याक्सिन लगाउने योजना पूरा भएको बाइडेनको घोषणा


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

आफ्नो कार्यकालको सुरुको एकसयदिनमा दुईसयमिलियन डोज कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने योजना पूरा भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । सुरुमा एकसयदिनमा एकसय मिलियन डोज भ्याक्सिन लगाउने योजना बनाएको बाइडेन प्रशासनले पछि यो लक्ष्य बढाएर २ सय मिलियन बनाएको थियो ।

बाइडेनले यसलाई मुलुकका लागि अविश्वसनीय उपलब्धी भएको बताएका छन् । बाइडेनले आगामी साता आफ्नो कार्यकालको एकसय दिन पूरा गर्दैछन् । आफ्नो कार्यकालको सुरुवातदेखि नै बाइडेनले कोरोनाबिरुद्धको लडाईलाई आफ्नो पहिलो प्राथमिकताका रुपमा लिदै आएका छन् ।

अहिले अमेरिकामा १६ बर्षमाथिका सबैजना कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनका लागि योग्य भइसकेका छन् । सीडीसीको तथ्यांक अनुशार २१६ मिलियन डोज भ्याक्सिन व्यक्तिका पाखुरामा पुगिसकेको छ ।

त्यस्तै अमेरिकामा रहेको १८ बर्षमाथिको बयस्क जनसंख्याको ५१ दशमलव ५ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् भने कुल जनसंख्याको ४० दशमलव ५ प्रतिशले भ्याक्सिन लगाएका छन् । १८ बर्षमाथिको बयस्क जनसंख्याको ३३ दशमलव ८ प्रतिशतले दुबै डोज भ्याक्सिन लगाएका छन् । कुल जनसंख्याको २६ दशमलव ४ प्रतिशतले दुबै डोज लगाएका छन् ।

६५ बर्षमाथिको कुल जनसंख्याको ८० दशमलव ६ प्रतिशतले भ्याक्सिन लगाएका छन् । दुबै डोज लगाउनेहरु भने ६५ दशमलव ६ प्रतिशत रहेका छन् । अहिलेसम्म २७७ मिलियन डोज भ्याक्सिन डेलिभर भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com