५० बर्षमाथिका न्युयोर्क सिटीबासीलाई विना अप्वाइन्टमेन्ट भ्याक्सिन
५० बर्षमाथिका न्युयोर्क सिटीबासीलाई विना अप्वाइन्टमेन्ट कोरोनाबिरुद्धको भ्याक्सिन दिन सुरु गरिएको छ । मेयर बिल ब्लाजिओले सिटीबाट संचालन भ्याक्सिन वितरण केन्द्रहरुमा ५० बर्षमाथिकाले भ्याक्सिन लगाउनका लागि अप्वाइन्टमेन्ट लिनुनपर्ने घोषणा गरेका हुन् ।
आजदेखि न्युयोर्क सिटीका ५ वटै बोरोका सिटीबाट संचालित भ्याक्सिनेशन सेन्टरमा विना अप्वाइन्टमेन्ट भ्याक्सिन दिन सुरु गरिएको हो । यसभन्दा अगाडि ७५ बर्षभन्दा माथिकालाई मात्र विना अप्वाइन्टमेन्ट भ्याक्सिन दिइदै आएको थियो ।

५० बर्षभन्दा माथिकाहरुलाई भ्याक्सिन लगाउन सहज बनाएर आफूहरु जुन सम्म ५० लाख न्युयोर्कबासीहरुलाई पूर्णरुपमा भ्याक्सिन लगाउने लक्ष्यका साथ अगाडि बढिरहेको मेयर ब्लाजिओले बताए । सम्भव भएजति न्युयोर्कबासीलाई भ्याक्सिन दिनु आफूहरुको लक्ष्य रहेको उनले बताए ।





