२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको तेश्रो डोज १२ महिनाभित्र दिनुपर्ने हुनसक्ने

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको तेश्रो डोज दोश्रो डोज लगाएको १२ महिनाभित्र दिनुपर्ने जस्तो रहेको कम्पनीका सीईओ अल्बर्ट बोरुलाले बताएका छन् । उनको यो भनाई बिहिबार सार्वजनिक गरिएको हो ।

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको तेश्रो डोज लगाउनुपर्ने जस्तो देखिएको र दोश्रो डोज लगाएको ६ महिनादेखि १२ महिनासम्म लगाउनुपर्ने जस्तो देखिएको उनले बताएका हुन् । त्यसपछि बार्षिक रुपमा यो भ्याक्सिन लगाउनुपर्ने परिदृश्य देखिएको तर यो सबै सुनिश्चत गर्न भने बाँकी रहेको उनले बताए ।

यसअगाडि जोन्सन एण्ड जोन्सनका सीईओले पनि भ्याक्सिनको डोज फ्लु शटजस्तै हरेक बर्ष लगाउनुपर्ने हुनसक्ने बताएका थिए । पूर्णरुपमा भ्याक्सिन लगाएपछि त्यसले कति समय संरक्षण प्रदान गर्छ भन्ने अझै स्पष्ट छैन । शोधकर्ताहरु यसबारे निष्कर्षमा पुग्न अझै केहीसमय लाग्ने देखिएको छ ।

फाइजरले दोश्रो डोज लगाएको ६ महिनाभन्दा लामो समय भ्याक्सिनले कोरोनाबिरुद्ध संरक्षण प्रदान गरेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यस्तै मोडेर्नाले पनि दोश्रो डोज लगाएको ६ महिनाभन्दा लामो समय भ्याक्सिनले कोरोनाबिरुद्ध संरक्षण प्रदान गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।

मोडेर्ना भ्याक्सिन दोश्रो डोज लगाएको ६ महिनापछि पनि ९० प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको हो । मोडेर्नाले भ्याक्सिनको दोश्रो डोज लगाएको ६ महिनापछि पनि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न ९० प्रतिशत र सिकिस्त हुनबाट रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।

नयाँ तथ्यांकमा अप्रिल ९ सम्मका मामलाहरु समावेश गरिएको छ भने ९ सय भन्दा धेरै मामलाको मूल्यांकन गरिएको थियो । जसमा एकसय सिकिस्त बिरामीका मामलाहरु समेत थिए । नयाँ तथ्यांकले मोडेर्ना भ्याक्सिनलाई अमेरिकामा पूर्णरुपमा प्रयोगको अनुमतिका लागि आवेदन दिन एककदम नजिक ल्याएको छ ।

गत डिसेम्बरमा अमेरिकामा मोडेर्ना भ्याक्सिनले आपतकालिन प्रयोगको अनुमति पाएको थियो । तर पूर्णरुपमा अनुमति पाउनका लागि भने भ्याक्सिनको प्रभावकारिता सन्दर्भमा कडा प्रकारको पुनरावलोकन उत्तिर्ण गर्नुपर्छ । पूर्णरुपमा अनुमति पाएपछि भने कम्पनीले भ्याक्सिन सिधै ग्राहक र अमेरिकामा रहेका निजी कम्पनीहरुलाई बेच्न पाउनेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मोडेर्नाले आपतकालिन अनुमतिका लागि २ महिनाको तथ्यांक एफडीए समक्ष पेश गरेको थियो । पूर्णरुपमा अनुमति पाउनका लागि कम्तीमा ६ महिनाको तथ्यांक पेश गर्न आवश्यक छ । अहिले अमेरिकामा यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृति प्रदान गरिएको छ ।

मोडेर्नाले यो तथ्यांक प्राथमिक रहेको र लक्षण नदेखिनेसंक्रमण भ्याक्सिनको प्रभावकारिता तथा एन्टीबडीको अवस्थाबारे बर्षभरी नै अद्यावधिक तथ्यांकहरु सार्वजनिक गर्दै जाने बताएको छ ।

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह ।

मोडेर्नाले अहिले १७ बर्षभन्दा कम उमेरका व्यक्तिमा भ्याक्सिनको परीक्षण गरिरहेको छ । १२ देखि १७ बर्षसम्मका व्यक्तिमा भ्याक्सिनको परीक्षण भइरहेको र परीक्षणमा अमेरिकामा ३ हजार सहभागी रहेको कम्पनीले जनाएको छ । ६ महिनादेखि ११ बर्षसम्मकाहरुमा पनि भ्याक्सिनको परीक्षणका लागि सहभागीहरुलाई समावेश गराइदैछ । अमेरिका र क्यानडामा ६ हजार ७ सय ५० सहभागी हुने अपेक्षा गरिएको छ ।

 

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →