२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

न्युयोर्कमा भोलिदेखि १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य

न्युयोर्कमा भोलि अप्रिल ६ देखि १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य हुने भएका छन् । गभर्नर एन्ड्रयु कुमोले सोमबार यसको घोषणा गर्दै अप्रिल ६ बाट भ्याक्सिन र अप्वाइन्टमेन्टका लागि १६ बर्ष माथिका सबै योग्य हुने जानकारी दिएका हुन् ।

राष्ट्रपति जो बाइडेनले मे १ बाट अमेरिकाभर सबै भ्याक्सिनका लागि योग्य हुने डेडलाइन तय गरेपनि त्यो भन्दा एकमहिना अगाडि नै सबै न्युयोर्कबासीहरु योग्य हुने भएका छन् ।

न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमणको दर बढ्दै गर्दा यो घोषणा आएको हो ।

न्युयोर्कमा कोरोनाको नयाँ प्रकारका कारण महामारीको नयाँ छाल फैलिनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।

यसैबीच  स्टाण्डफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले कोरोना भाइरसको भारतीय प्रकारको पहिलो संक्रमण अमेरिकाको क्यालिफोर्नियामा फेला परेको पुष्टी गरेका छन् । भारतमा पहिलोपटक देखिएको उक्त भाइरसको प्रकार उत्तरी क्यालिफोर्नियामा देखिएको हो ।

नयाँ प्रकारको भाइरसका पनि दुईवटा म्युटेशन रहेको जनाएको छ । सान फ्रान्सिस्कोको बे एरियामा रहेका बिरामीमा कोरोनाको उक्त प्रकार भएको पुष्टी भएको हो । स्टाण्डफोर्ड हेल्थ केयरका प्रवक्ता लिसा किमका अनुशार अमेरिकामा यो प्रकारको कोरोना भेटिएको पहिलो घटना हो ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

कोरोनाको यो प्रकार गत महिना भारतमा भेटिएको अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमण सेप्टेम्बरबाट घटेको थियो । तर पछिल्लो समयमा कोरोनाको संक्रमण तीब्र बनेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमणदर घटिरहँदा नयाँ प्रकार भेटिएपछि स्वास्थ्यविदहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमण घटेपछि लस एन्जलस लगायतका क्षेत्रमा नियमहरु खुकुलो पार्दै अर्थतन्त्र विस्तारै खुला गरिदैछ ।

देशभरमा क्यालिफोर्नियामा सबैभन्दा धेरै कोरोनाका संक्रमणहरु रिपोर्ट गरिएको छ ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →