फाइजर भ्याक्सिन लगाएको ६ महिनासम्मपनि प्रभावकारिता उच्च, एकबर्ष रहने आशा
कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको दोश्रो डोज लगाएको ६ महिनासम्मपनि प्रभावकारिता उच्च रहेको चालु तेश्रो चरणको क्लीनिकल परीक्षणबाट पुष्टी भएको छ । भ्याक्सिन लगाएको ६ महिनापछि पनि कोरोनाबाट बचाउन भ्याक्सिनको प्रभावकारिता उच्च रहेको पुष्टी भएको हो ।
कम्पनीले आज बिहिबार वक्तब्य जारी गरेर संरक्षण ६ भन्दापनि लामो समय रहनेजस्तो देखिएको भ्याक्सिन विज्ञहरुले जनाएका छन् । तर भ्याक्सिनको प्रभावकारिता ६ महिनासम्म उच्च रहने खबर अत्यन्तै सुखद रहेको उनीहरुले बताएका छन् ।

फाइजरको भ्याक्सिन लक्षणसहितको कोरोना संक्रमणबाट बचाउन ६ महिनासम्म पनि ९१ प्रतिशत प्रभावकारी देखिएको पुष्टी भएको हो । फाइजरको भ्याक्सिन कोरोनाको बी वान ३५१ नामको नयाँ प्रकारबिरुद्धपनि प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । यो नयाँ प्रकार दक्षिण अफ्रिकामा फैलिएको प्रकार हो ।
कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन अमेरिकन सीडीसीको मापदण्ड अनुशारको सिकिस्त बनाउनबाट रोक्न भने शतप्रतिशत नै प्रभावकारी रहेको र एफडीएले परिभाषित गरेको सिकिस्त बनाउनबाट रोक्न भने ९५ दशमलव ३ प्रतिशत प्रभावकारी रहेको फाइजर र बायोएनटेकको संयुक्त वक्तब्यमा उल्लेख छ ।

भ्याक्सिनको प्रभावकारिता एकबर्षसम्म पनि रहनसक्ने विज्ञहरुले आशा व्यक्त गरेका छन् । तर अहिले नै यसबारे किटानसाथ भन्नसकिने अवस्था भने छैन । डिसेम्बरमा फाइजरको भ्याक्सिन लगाएकाहरुको आगामी जुनमा ६ महिना पुग्दैछ भने अहिले सार्वजनिक गरिएको तथ्यांक तेश्रो चरणको क्लीनिकल परीक्षणमा सहभागीहरुको हो ।
यसैबीच १२ देखि १५ बर्षबीचको सानो समुहमा गरिएको परीक्षणमा फाइजरको भ्याक्सिन कोरोनाबाट सिकिस्त हुनबाट जोगाउन शतप्रतिशत प्रभावकारी देखिएको छ । फाइजरको भ्याक्सिन १६ बर्षभन्दा कम उमेरका व्यक्तिलाई समेत दिनका लागि अहिले परीक्षण भइरहेको छ ।





