न्युयोर्कमा अप्रिल ६ बाट १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

न्युयोर्कमा अप्रिल ६ बाट १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य हुने भएका छन् । गभर्नर एन्ड्रयु कुमोले सोमबार यसको घोषणा गर्दै अप्रिल ६ बाट भ्याक्सिन र अप्वाइन्टमेन्टका लागि १६ बर्ष माथिका सबै योग्य हुने जानकारी दिएका हुन् ।

भोलि मार्च ३० देखि न्युयोर्कमा ३० बर्षमाथिका सबै व्यक्ति कोरोनाबिरुद्धको भ्याक्सिनका लागि योग्य हुनेछन् । राष्ट्रपति जो बाइडेनले मे १ बाट अमेरिकाभर सबै भ्याक्सिनका लागि योग्य हुने डेडलाइन तय गरेपनि त्यो भन्दा एकमहिना अगाडि नै सबै न्युयोर्कबासीहरु योग्य हुने भएका छन् ।

न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमणको दर बढ्दै गर्दा यो घोषणा आएको हो । जोन हप्कीन्स युनिभर्सिटीको तथ्यांक अनुशार न्युयोर्कमा गतसाता ६७ हजार ९ सय ६३ जना संक्रमित भएका थिए । जुन अघिल्लो साताको तुलनामा ६४ प्रतिशत बढी हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा कोरोनाको नयाँ प्रकारका कारण महामारीको नयाँ छाल फैलिनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् । सोमबार विहानसम्म न्युयोर्कका २९ दशमलव ६ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । कुल न्युयोर्करमध्ये १६ दशमलव ८ प्रतिशतले दुबै डोज लगाइसकेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com