नेपालमा वितरित आष्ट्राजेनेका खोप जर्मनी, फ्रान्स र इटलीसहित डेढ दर्जन बढी मुलुकमा रोक


प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

अक्सफोर्डसँग मिलेर बेलायतको आष्ट्राजेनेका कम्पनीले विकाश गरेको कोरोनाबिरुद्धको खोप जर्मनी, फ्रान्स र इटलीले पनि अस्थायीरुपमा वितरणमा रोक लगाएका छन् । रगत जम्ने समस्यासँग भ्याक्सिनको सम्बन्ध भएको आशंका गरिएपछि विभिन्न मुलुकहरुले यो भ्याक्सिन वितरणमा रोक लगाइरहेका छन् ।

यसअगाडि आयरल्याण्ड, बुल्गेरिया, डेनमार्क, नर्वे र नेदरल्याण्डसले पनि यो खोप वितरणमा रोक लगाएका छन् । त्यस्तै इन्डोनेशिया, कंगो, थाइल्याण्ड, रोमानिया, आइसल्याण्ड, अष्ट्रिया लगायतका मुलुकहरुले पनि यो भ्याक्सिन वितरण स्थगित गरेका थिए ।

इस्टोनिया, लाटभिया, लिथुवानिया र लक्जेम्बर्गमा पनि यो भ्याक्सिन वितरणमा रोक लगाइएको छ ।

नेपालमा गत माघ १४ देखि यो भ्याक्सिन वितरण गरिएकोमा लाखौंले यो भ्याक्सिन लगाइसकेका छन् । अष्ट्राजेनेकाको भारतमा उत्पादित भर्सन कोभिशिल्ड नेपालमा वितरण गरिएको हो । तर नेपालमा अहिलेसम्म यो भ्याक्सिनबाट कुनै गम्भिर प्रकारको साइड इफेक्ट भएको खबर भने आएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा भने यो भ्याक्सिन अझै प्रयोगमा आएको छैन ।  यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको हो ।

यूकेमा डिसेम्बर ३० मा नै प्रयोगको स्वीकृति पाएको यो भ्याक्सिनले लगत्तै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि जाने अनुमति पाएको थियो । सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । र लगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।

दुई डोज दिनुपर्ने यो भ्याक्सिन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा परीक्षण गरिएको थियो ।  यो भ्याक्सिन लक्षण सहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।

आष्ट्राजेनेका परीक्षणमा एउटा गम्भिर गल्ती समेत भएको थियो । ५५ बर्षभन्दा कम उमेरका परीक्षणमा सहभागी एउटा समुहलाई गल्तीले भ्याक्सिनको पहिलो डोजको पूरै मात्रा नभई आधामात्रा प्रदान गरिएको थियो । त्यसपछि दोश्रो डोजको भने पूरै मात्रा प्रदान गरिएको थियो । अमेरिकाको भ्याक्सिन स्वीकृतिका लागि अनुमति दिने निकाय एफडीएका सल्लाहकार समितिका सदस्य समेत रहेका भ्याक्सिन विज्ञ डाक्टर कोडी मेस्नरले यसलाई गम्भिर प्रकारको गल्ती भएको बताएका छन् ।

यहाँ अनौठो त के छ भने पहिलो डोज आधा र दोश्रो डोज पूरै प्राप्त गरेका परीक्षणमा सहभागीहरुमा कोरोनाको संक्रमणबाट बच्नमा प्रभावकारिता बढी अर्थात् ९० प्रतिशतसम्म देखिएको थियो । पहिलो डोज पूरै लगाएकाहरुको तुलनामा आधा लगाएकाहरुमा भ्याक्सिन बढी प्रभावकारी देखिएपछि विज्ञहरु नै अलमलमा परेका छन् । तर पहिलो डोज गल्तीले आधा र दोश्रो डोज पूरै लगाएकाहरु १४ सयजनामात्र रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com