दुबै डोज भ्याक्सिन लगाएकाहरु १४ दिनपछि मास्क नलगाई भेट्न सक्ने सीडीसी निर्देशिका जारी


प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार

कोरोनाबिरुद्धको भ्याक्सिनका सबै डोज लगाएका व्यक्ति मास्क नलगाइकन पनि निजी स्थलमा एकआपसमा भेटघाट गर्न सक्ने अमेरिकन सीडीसीले नयाँ निर्देशिका जारी गरेको छ । तर सार्वजनिक स्थलमा भने मास्क लगाउनुपर्ने सीडीसीले जनाएको छ ।

त्यस्तै ठूला जमघटहरुमा सकभर सहभागी नहुन समेत सीडीसीले सोमबार जारी गरेको निर्देशिकामा उल्लेख छ । एजेन्सीले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका व्यक्तिका लागि के गर्न हुने र के गर्न नहुने सन्दर्भमा बहुप्रतिक्षित निर्देशिका जारी गरेको हो ।

मोडेर्ना र फाइजरको दोश्रो डोज लगाएको १४ दिनपछिमात्र व्यक्तिलाई पूर्णरुपमा इम्युनाइज भएको मानिनेछ । त्यस्तै जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने एकडोजमात्र लगाए पुग्ने भएकाले उक्त भ्याक्सिन लगाएको दुईसातापछि नै व्यक्तिलाई पूर्णरुपमा इम्युनाइज भएको मानिने सीडीसीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्देशिकाको पूर्ण पाठ

भ्याक्सिनको पूर्ण डोज लगाएको १४ दिनपछि सामाजिक दुरी कायम नगरीकन र मास्क नलगाइनक भ्याक्सिन लगाएका व्यक्तिहरुबीचमात्र भेटघाट गर्न सकिने सीडीसीको निर्देशिकामा उल्लेख छ । तर भ्याक्सिन लगाएका र नलगाएका धेरैजना व्यक्तिबीच निजी स्थलमा भेटघाट गर्दा भने मास्क लगाउन र सामाजिक दुरी कायम गर्न सुझाव दिइएको छ ।

तर भ्याक्सिन लगाएको व्यक्तिले कम जोखिममा रहेको भ्याक्सिन नलगाएको एउटा परिवारसम्मलाई मास्क नलगाई र सामाजिक दुरी कायम नगरी भेट्न सकिने जनाइएको छ । उदाहरणका लागि भ्याक्सिन लगाएका हजुरबा हजुरआमाहरुले उनीहरुका भ्याक्सिन नलगाएका नातीनातिनीहरु वा छोराछोरीहरुलाई भेट्न सक्नेछन् । तर भ्याक्सिन नलगाएका नातीनातिनीहरु व छोराछोरीहरु जोखिममा रहेका व्यक्ति हुनुहुँदैन ।

अहिलेसम्म अमेरिकामा झण्डै १० प्रतिशत व्यक्तिले पूर्णरुपमा भ्याक्सिन लगाएको सीडीसीले जनाएको छ । त्यसैले सार्वजनिक स्थलमा र सार्वजनिक जमघटमा भने सबैलाई मास्क लगाउन र सामाजिक दुरी कायम गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com