मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सन भ्याक्सिनबीचका ६ फरक


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

अमेरिकामा अहिले तीनवटा कम्पनीले उत्पादन गरेका कोरोनाबिरुद्धका भ्याक्सिन उपलब्ध छन् । डिसेम्बरदेखि मोडेर्ना र फाइजरको भ्याक्सिन उपलब्ध भएको अमेरिकामा मार्चदेखि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन पनि लगाउन सुरु गरिएको छ ।

डोज

मोडेर्ना र फाइजरका भ्याक्सिन दुईदुई डोज लगाउनुपर्छ । मोडेर्ना भ्याक्सिन २८ दिनको अन्तरमा र फाइजर भ्याक्सिन २१ दिनको अन्तरमा दुईडोज लगाउनुपर्छ । तर जोन्सन एण्ड जोन्सन भ्याक्सिन एकडोज लगाएमात्र पुग्छ । सबै भ्याक्सिन पाखुरामा लगाउनुपर्छ ।

प्रभावकारिता

मोडेर्ना भ्याक्सिन दुई डोज लगाएपछि लक्षणयुक्त सक्रमण रोक्न ९४ दशमलव १ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी रहेको छ । त्यस्तै फाइजरको भ्याक्सिन लक्षणयुक्त सक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पताल र मृत्यु रोक्न प्रभावकारी

मोडेर्नाको दोश्रो डोज लगाएको १४ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । फाइजरको दोश्रो डोज लगाएको एकसातापछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । त्यस्तै जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ ।

साइड इफेक्ट

मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ड्राइभ थु्रमा पनि लगाउन सकिन्छ । मोडेर्ना भ्याक्सिन लगाएपछि पाखुरा दुख्ने ९१ दशमलव ६ प्रतिशत, थकान ६८ दशमलव ५ प्रतिशत, टाउको दुख्ने ६३ प्रतिशत, मांशपेशी दुख्ने ५९ दशमलव ६ प्रतिशत, जोर्नी दुख्ने ४४ दशमलव ८ प्रतिशत, जाडो हुने ४३ दशमलव ४ प्रतिशत देखिएको छ ।

फाइजर भ्याक्सिन लगाएपछि पाखुरा दुख्ने ८४ दशमलव १ प्रतिशत, थकान ६२ दशमलव ९ प्रतिशत, टाउको दुख्ने ५५ दशमलव १ प्रतिशत, मांशपेशी दुख्ने ३८ दशमलव ३ प्रतिशत, जोर्नी दुख्ने २३ दशमलव ६ प्रतिशत, ज्वरो आउने १४ दशमलव २ प्रतिशत देखिएको छ ।

जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएपछि पाखुरा दुख्ने ४८ दशमलव ६ प्रतिशत, थकान ३८ दशमलव २ प्रतिशत, टाउको दुख्ने ३८ दशमलव ९ प्रतिशत, मांशपेशी दुख्ने ३३ दशमलव २ प्रतिशत देखिएको छ ।

कति समयपछि संरक्षण

मोडेर्ना भ्याक्सिनको पहिलो डोज लगाएको १० देखि १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ । पूर्ण संरक्षण भने दोश्रो डोज लगाएको १४ दिनपछि प्राप्त हुन्छ । फाइजर भ्याक्सिनको पहिलो डोज लगाएको १० देखि १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ । पूर्ण संरक्षण भने दोश्रो डोज लगाएको एकसातापछि प्राप्त हुन्छ । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ ।

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह ।

भ्याक्सिन स्टोर

मोडेर्ना भ्याक्सिन अस्पताल र क्लीनिकहरुले ३० दिनसम्म फ्रिजमा स्टोर गरेर राख्न सक्छन् । फाइजर भ्याक्सिन ५ दिनसम्ममात्र अस्पताल र क्लीनिकहरुले फ्रिजमा स्टोर गरेर राख्न सक्छन् । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अस्पताल र क्लीनिकहरुले ३ महिनासम्म फ्रिजमा स्टोर गरेर राख्न सक्छन् । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन मोडेर्ना र फाइजरको तुलनामा उत्पादन गर्न सस्तो र सजिलो रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com