भ्याक्सिन लगाएकाहरुले अब न्युयोर्क आउँदा क्वारेन्टीनमा बस्न र परीक्षण गराउन नपर्ने


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

भ्याक्सिनको दोश्रो डोज लगाएकाहरुलाई अब न्युयोर्क आउँदा क्वारेन्टीन र परीक्षणको नियम नलाग्ने भएको छ । दुईवटा डोज लगाउनुपर्ने भ्याक्सिनको दोश्रो डोज लगाएको ९० दिन ननाघेकाहरुले न्युयोर्क आउँदा परीक्षण गराउने र क्वारेन्टीनमा बस्ने नियम पालना गर्नु नपर्ने भएको हो ।

भ्याक्सिन लगाएको ९० दिन नाघिसकेको भएमा भने उनीहरुले क्वारेन्टीन र परीक्षणको नियम मान्नुपर्ने गभर्नर एन्ड्रयु कुमोले जनाएका छन् । यो नियम अमेरिकाकै राज्यहरुबाट न्युयोर्क आउनेहरुको सन्दर्भमामात्र लागु हुनेछ । विदेशबाट अमेरिका आउनेहरुले भने अहिलेपनि १० दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ ।

न्युयोर्कमा इन्डोर डाइनिङ ३५ प्रतिशत क्षमतामा खुलिसकेको छ ।

भ्याक्सिन नलगाएकाहरु वा दुईवटै डोज नलगाएकाहरुले भने अहिलेपनि विद्यमान क्वारेन्टीन र परीक्षणको नियम पालना गर्न अनिवार्य रहेको छ । अमेरिकाबाहिरबाट अमेरिका आउनेहरुले विमानमा चढ्नु अगाडि नै तीनदिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट पेश गर्न आवश्यक छ ।

अहिलेसम्मको नियम अनुशार २४ घण्टाभन्दा बढी समयका लागि न्युयोर्कबाहिर जानेहरुले पनि फर्कदा तीनदिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट पेश गनुपर्ने प्रावधान रहेको छ । साथै उनीहरु तीनदिनसम्म क्वारेन्टीनमा बसेपछि चौथो दिन पुन कोरोना परीक्षण गराउनुपर्नेछ । त्यसपछि रिपोर्ट नेगेटिभ आएमा उनीहरु तयसपछि क्वारेन्टीनमा बस्न आवश्यक छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर पोजेटिभ आएमा भने उनीहरु १४ दिनसम्म क्वारेन्टीनमा बस्न आवश्यक छ । परीक्षण नीति न्युयोर्कसँग सिमा जोडिएका राज्यहरुका सन्दर्भमा भने लागु हुँदैन । नेगेटिभ कोरोना रिपोर्टसहित न्युयोर्क आउनेहरुले चौथो दिन पुन परीक्षण गराउन नचाहेको खण्डमा १० दिन क्वारेन्टीनमा बसेर निस्कन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com