न्युयोर्कमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण विहिबारदेखि, यसरी लिनुहोस् अप्वाइन्टमेन्ट


प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार

न्युयोर्कमा कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरणका लागि गभर्नर एन्ड्रयु कुमोले विशेष कार्यक्रमको घोषणा गरेका छन् । तीनवटा आम भ्याक्सिन वितरण केन्द्रहरुबाट जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण गरिने भएको छ ।

न्युयोर्क सिटीको जाभिट सेन्टरमा शुक्रबारदेखि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण हुनेछ । तर भ्याक्सिन भने बेलुका ९ बजेदेखि विहान ६ बजेसम्म वितरण हुने जनाइएको छ ।

जाभिट सेन्टरमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिनका लागि मार्च ४ बिहिबार विहान ८ बजे अप्वाइन्टमेन्ट खुला हुनेछ । अप्वाइन्टमेन्टहरु धेरै बेर नहरने भएकाले विहान ८ बजे नै बुक गर्न सुझाव दिइएको छ । जाभिट सेन्टरमा बिहिबार विहान ८ बजे अप्वाइन्टमेन्ट बुक गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

८३३ ६९७ ४८२९ मा फोन गरेर पनि अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै न्युयोर्क सिटी यांकी स्टेडियममा पनि मार्च ४ बिहिबारदेखि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण हुनेछ । तर भ्याक्सिन भने बेलुका ८ बजेदेखि विहान ७ बजेसम्ममात्र वितरण हुनेछ ।

यांकी स्टेडियममा अप्वाइन्टमेन्ट लिनका लागि भने ब्रोंक्स निवासी हुनुपर्नेछ । अप्वाइन्टमेन्ट भोलि बुधबार विहान ११ बजेदेखि खुला हुनेछ । अप्वाइन्टमेन्टहरु धेरै बेर नहरने भएकाले विहान ११ बजे नै बुक गर्न सुझाव दिइएको छ । यांकी स्टेडियममा भोलि बुधबार विहान ११ बजे अप्वाइन्टमेन्ट बुक गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

८३३ ७६६ ६७६९ मा फोन गरेर पनि अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

त्यस्तै सिराक्युसमा रहेको न्युयोर्क स्टेट फेयर साइटमा पनि मार्च ५ शुक्रबारदेखि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन बेलुका १० बजेदेखि विहान ६ बजेसम्म वितरण गरिनेछ । अप्वाइन्टमेन्ट मार्च ४ बिहिबार विहान ८ बजेदेखि बुक गर्न सकिनेछ । योग्य व्यक्तिले अप्वाइन्ट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

८३३ ६९७ ४८२९ मा फोन गरेर पनि अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

एक डोज लगाए पुग्ने कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनका ४ लाख डोज भोलिसम्म अमेरिकाका प्राय सबै लोकेशनमा पुग्दैछन् । यो भ्याक्सिन १८ बर्षमाथिका ४ मिलियन जनसंख्यालाई नै लगाउन पुग्नेछ ।

कम्पनीले जुनभित्र १ सय मिलियन शट र यो बर्षको अन्त्यसम्ममा १ बिलियन शट अमेरिकामा डेलिभर गर्ने जनाएको छ । अमेरिकाको एफडीएले शनिबारमात्र यो भ्याक्सिनलाई अमेरिकामा प्रयोगका लागि आपतकालिन अनुमति प्रदान गरेको यियो । लगत्तै सीडीसीबाट पनि स्वीकृत भएको थियो ।

यो अब अमेरिकामा उपलब्ध एकडोज लगाएमात्र पुग्ने पहिलो भ्याक्सिन हो भने अमेरिकामा उपलब्ध कोरोनाबिरुद्धको तेश्रो भ्याक्सिन हो । जोन्सन एण्ड जोन्सन कम्पनीको भ्याक्सिन विभाग जान्सेनले बनाएको यो भ्याक्सिन सुरक्षित र प्रभावकारीमात्र नभई भण्डारण गर्न र लगाउन समेत सहज रहेको छ ।

यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको तथा अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्न पूर्णरुपमा सफल भएको निष्कर्ष निकालिएको छ । भ्याक्सिन लगाएको ४ हप्तापछि कोरोनाबाट बिरामी हुनबाट रोक्न समग्रमा झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ । सिकिस्त बिरामी हुनबाट रोक्न भने झण्डै ८६ प्रतिशत प्रभावकारी रहेको छ । अमेरिकामा समग्र प्रभावकारिता ७२ प्रतिशत मापन गरिएको छ । मोडेर्ना र फाइजरका भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेका छन् ।

अमेरिकामा चौथो कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका अप्रिलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । स्वीकृति पाउनासाथ ३० मिलियन डोज र अप्रिलको अन्तिमसम्म ५० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने आष्ट्राजेनेकाले जनाएको छ ।

 

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com