ट्रम्प प्रशासनले ल्याएको अमेरिकी नागरिकता परीक्षा प्रणाली खारेज, मार्च १ बाट पूरानै प्रश्न र प्रणाली


प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार

ट्रम्प प्रशासनले गत डिसेम्बर १ बाट ल्याएको अमेरिकाको नागरिकताका लागि नयाँ परीक्षा प्रणाली र प्रश्नहरु बाइडेन प्रशासनले खारेज गरिदिएको छ । आगामी मार्च १ देखि लागु हुनेगरी अब पूरानै प्रश्नहरु र नागरिकता प्रणाली खारेज गरिएको युएससीआईएसले जनाएको छ ।

गत डिसेम्बर १ देखि ट्रम्प प्रशासनले अमेरिकी नागरिकताका लागि लिइने परीक्षामा प्रश्नप्रणाली परिवर्तन गरेर विगतको तुलनामा कठिन प्रश्न र प्रणाली लागु गरेको थियो । पूरानो प्रणाली अन्तरगत अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिने र त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुने भएकोमा डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिने र त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्ने प्रणाली लागु गरिएको थियो ।

तर मार्च १ बाट भने पूरानै प्रणाली अन्तरगत १० वटा प्रश्नहरु सोधिनेछ भने ६ वटाको सही जवाफ दिए पुग्नेछ । पूरानो प्रणालीमा विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा डिसेम्बर १ बाट प्रश्नको संख्या पनि बढाएर १२८ बनाइएको थियो । अब मार्च १ बाट भने १२८ नभई सन् २००८ देखि लागु भएकै १ सय प्रश्नहरुबाट सोधिनेछ ।

सन् २००८ को परीक्षा प्रणाली कैयनबर्षको बृहत अध्ययनपछि र १५० भन्दा धेरै संस्थाको सल्लाहसुझावहरु पछि तय गरिएको उक्त प्रणाली नै उचित भएको भन्दै पुनस्थापना गरिएको हो । डिसेम्बर १ देखि मार्च १ सम्म आवेदन दिनेहरुका सन्दर्भमा दुईवटामध्ये एउटा परीक्षा प्रणाली छान्न दिने विकल्प दिइने जनाइएको छ ।

डिसेम्बर १ देखि मार्च १ को बीचको अवधिमा आवेदन दिएका र सन् २०२० मा ल्याएको परीक्षा प्रणाली अन्तरगत तयारी गरेकाहरुले नयाँ परीक्षा प्रणाली समेत रोज्न पाउनेछन् । तर उनीहरुले पूरानै परीक्षा प्रणाली अन्तरगत परीक्षा दिन चाहेको खण्डमा पूरानो प्रणाली समेत रोज्न पाउने जनाइएको छ ।

ट्रम्पले ल्याएको परीक्षा प्रणाली खारेज गर्नका लागि अप्रिल १९ सम्मको संक्रमण अवधि तय गरिएको छ । मार्च १ वा त्यसपछि आवेदन दिनेहरुले भने सन् २००८ कै पूरानो परीक्षा प्रणाली अन्तरगत अमेरिकी नागरिकताको परीक्षा दिनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँग्रेजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

USCIS Reverts to the 2008 Version of the Naturalization Civics Test

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com