ट्रम्प प्रशासनले ल्याएको अमेरिकी नागरिकता परीक्षा प्रणाली खारेज, मार्च १ बाट पूरानै प्रश्न र प्रणाली


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

ट्रम्प प्रशासनले गत डिसेम्बर १ बाट ल्याएको अमेरिकाको नागरिकताका लागि नयाँ परीक्षा प्रणाली र प्रश्नहरु बाइडेन प्रशासनले खारेज गरिदिएको छ । आगामी मार्च १ देखि लागु हुनेगरी अब पूरानै प्रश्नहरु र नागरिकता प्रणाली खारेज गरिएको युएससीआईएसले जनाएको छ ।

गत डिसेम्बर १ देखि ट्रम्प प्रशासनले अमेरिकी नागरिकताका लागि लिइने परीक्षामा प्रश्नप्रणाली परिवर्तन गरेर विगतको तुलनामा कठिन प्रश्न र प्रणाली लागु गरेको थियो । पूरानो प्रणाली अन्तरगत अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिने र त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुने भएकोमा डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिने र त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्ने प्रणाली लागु गरिएको थियो ।

तर मार्च १ बाट भने पूरानै प्रणाली अन्तरगत १० वटा प्रश्नहरु सोधिनेछ भने ६ वटाको सही जवाफ दिए पुग्नेछ । पूरानो प्रणालीमा विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा डिसेम्बर १ बाट प्रश्नको संख्या पनि बढाएर १२८ बनाइएको थियो । अब मार्च १ बाट भने १२८ नभई सन् २००८ देखि लागु भएकै १ सय प्रश्नहरुबाट सोधिनेछ ।

सन् २००८ को परीक्षा प्रणाली कैयनबर्षको बृहत अध्ययनपछि र १५० भन्दा धेरै संस्थाको सल्लाहसुझावहरु पछि तय गरिएको उक्त प्रणाली नै उचित भएको भन्दै पुनस्थापना गरिएको हो । डिसेम्बर १ देखि मार्च १ सम्म आवेदन दिनेहरुका सन्दर्भमा दुईवटामध्ये एउटा परीक्षा प्रणाली छान्न दिने विकल्प दिइने जनाइएको छ ।

डिसेम्बर १ देखि मार्च १ को बीचको अवधिमा आवेदन दिएका र सन् २०२० मा ल्याएको परीक्षा प्रणाली अन्तरगत तयारी गरेकाहरुले नयाँ परीक्षा प्रणाली समेत रोज्न पाउनेछन् । तर उनीहरुले पूरानै परीक्षा प्रणाली अन्तरगत परीक्षा दिन चाहेको खण्डमा पूरानो प्रणाली समेत रोज्न पाउने जनाइएको छ ।

ट्रम्पले ल्याएको परीक्षा प्रणाली खारेज गर्नका लागि अप्रिल १९ सम्मको संक्रमण अवधि तय गरिएको छ । मार्च १ वा त्यसपछि आवेदन दिनेहरुले भने सन् २००८ कै पूरानो परीक्षा प्रणाली अन्तरगत अमेरिकी नागरिकताको परीक्षा दिनेछन् ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँग्रेजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

USCIS Reverts to the 2008 Version of the Naturalization Civics Test

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com