परिकल्पना: जब स्वर्गमा भागरथीले निर्मला र सम्झनालाई भेटिन्


प्रकाशित मिति : माघ २६, २०७७ सोमबार

– जेनल बिस्ट

(परिकल्पनामा आधारित)

बलात्कार र निर्मम हत्या पश्चात बैतडीकी भागरथी भट्ट स्वर्ग पुग्छिन् । त्यहाँ उनको निर्मला पन्त र सम्झना बिश्वकर्मासँग भेट हुन्छ ।

उनीहरुले भागरथीलाई सोध्छन् – ‘तपाई पनि नेपालबाट आउनु भयो जस्तो छ नि ! के भएर आउनुभएको हो ?’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रगतले लत्पतिएको शरिर, च्यातिएको कपडाबीच फुटेको चस्मा हातमा समातेकी भागरथी डराउदै र काप्दै बोल्छिन् – ‘हजुर, हो नि । विद्यालयबाट घर फर्किने बेला मलाई बीच बाटोमा मुख च्यापेर घिसारेर जङ्गलमा लगियो , देवभुमि बैतडीमा मेरो प्राण गयो ।’

निर्मला र सम्झनाले आत्तिदै सोधे – ‘कतै तपाइलाई पनि…..’

भागरथी रुँदै काप्दै बोलिन् – ‘हो, बहिनीहरु ।  घाँटी निमोठियो । स्तन निमोठियो । मुख र खुट्टाहरु च्यापिए ।मेरोपनि बलात्कारपछि हत्या भयो ।’

निर्मला र सम्झनाले त्यो घटनाको कल्पना गर्दै आत्तिदै र डराउदै प्रश्न गर्न थाले – ‘हाम्रो निर्मम हत्या पश्चात् पनि नेपालमा कुनै कानुन बनेन र दिदी ? कसैले आवाज उठाएनन र? कसैले सुनेनन् हामी बलात्कृत हुँदाको चीत्कार ? हाम्रा आमाहरुको हालत र दुख देख्दा कसैको मन रोएन र ? अझै पनि कोही चेली सुरक्षित छैनन नेपालमा ?’

भागरथी ओंठ कपाउँदै बोलिन् – ‘बोलेका थिए, बहिनीहरु । सडक तातेको थियो । मानिस बलात्कारीलाई झुन्डाउनु पर्छ भन्दै माग गरेका देखिन्थे । तर पैसा, शत्ति, र राजनीतिक आडमा कोही समातिएनन् ।’

‘झन निर्मला बहिनीको न्यायका निम्ति आवाज उठाउनेहरुको बीचमा एउटा भर्खरै लाउलाउ खाउखाउ उमेर भएका भाईमाथि नै प्रहरीले गोली हान्यो । उनको ज्यान गयो । कैयनको खुट्टामा गोली हानियो । देशभर निर्मलाका लागि न्यायको आवाज गुन्जियो । देशभर नाराबाजी भयो । तर पनि अहिलेसम्म तिमीले न्याया पाइनौं निर्मला बहिनी । तिमीले ले न्याय पाउँथ्यौं भने आज मेरो यो हालत हुने थिएन बहिनी ।’

भागरथी रुदै निर्मला र सम्झनालाई प्रश्न गर्न थालिन् – ‘बहिनी यहाँ त नेपालमा जस्तो बलात्कार हुन्न नि म फेरि? यहा त कोही आउदैन नि बाटो छेक्ने र जङ्गलमा घिसारेर लग्ने ?’

‘दिदी तपाई स्वर्गमा हुनुहुन्छ । यहाँ सबैको सम्मान हुन्छ । यहाँ पापीहरुलाई कुनै स्थान नै छैन ।’

भागरथी थप प्रश्न गर्न थालिन् – ‘धर्तीमा भगवान भएको भए बीच जङ्गलमा म त्यति चर्को स्वरमा गुहार मागेको, रोएको, कराएको, मेरो चित्कार सुनेर मलाइ बचाउँथे होला । म देवभूमिमा बलात्कृत हुदा भगवान किन नतमस्तक भएर ममाथिको अन्याय हेरिरहे? म माथी त्यस्तो अन्याय हँुदा मैले मेरी आमालाई गुहारें । भगवानलाई गुहारें । तर मलाई कसैले बचाउन सकेन ।’

निर्मला र सम्झना शब्दहीन भए ।

निर्मला र सम्झनाले हात दिदै भागरथीलाई माथि उठाए । अनि भने – ‘यहाँ पापीहरुलाई कुनै स्थान छैन । तपाइ यहाँ एक्लै जहाँ पनि जान सक्नुहुन्छ । एक्लै रात बिताउन सक्नुहुन्छ । कसैले कुदृस्टीले हेर्न सक्दैन । कसैले एकान्तको फाइदा उठाउदै बलात्कार गर्न सक्दैन । यहाँ कोही आउँदन बाटो छेक्न ।’

‘हाम्लाई बलात्कार गरेर मार्नेहरु यहाँ आए भने हामी कता जाने? कता लुक्ने? कता भाग्ने? यहाँ त हाम्रो परिवार पनि छैनन् ।’ –  भागरथीले सोधिन् ।

सम्झना र निर्मलाले भने – ‘ती नरपिचासहरु स्वर्ग आउने बाटो धर्तीबाटै बन्द छ । नर्कमा त उनीहरुले सजाय पाउँछन् नै । आशा गरौ नर्कमा जानु अगाडि नेपालमै पनि त्यस्ता बलात्कारीले कडा सजाय पाउनेछन् ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com