काठमाडौंमा ओली समूहको भेला, शीर्षनेताले सम्बोधन गर्ने
प्रकाशित मिति : पुस १८, २०७७ शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजन भएको नेकपाले छुट्टाछुट्टै भेला र बैठकहरू गर्दै आएका छन्।