कारको ठक्करबाट वयस्क पाटेबाघको मृत्यु


प्रकाशित मिति : पुस १८, २०७७ शनिबार

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको छ । शनिबार बिहान हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट जंगलबाट राजमार्ग छिचोल्दै गरेको वयस्क पाटे बाघको घटनास्थलमै मृत्यु भएको हो ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । हाल मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । बाघलाई पनि राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com