आज पृथ्वीको उत्तरी गोलार्द्धमा बर्षको छोटो दिन, लामो रातः ८ सय बर्षपछि बृहस्पति र शनी नजिक
प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

आज डिसेम्बर २१ सोमबार पृथ्वीको उत्तरी गोलाद्र्धमा यो बर्षको छोटो दिन र लामो रात रहेको छ । आजदेखि अमेरिकामा औपचारिक रुपमा जाडो मौषमको सुरुवात भएको छ ।
आज ८ सय बर्षमा सौर्यमण्डलमा एउटा दुर्लभ घटना भएको छ । ८ सयबर्षपछि बृहस्पति र शनी पहिलोपटक नजिकको दुरीमा आएका छन् ।
A woman holds her son as they watch Jupiter and Saturn, the two largest planets, align so closely that they appear as a single celestial body in the evening sky over Houston.
Astronomers call the event a “conjunction.” https://t.co/TAvpzk8kxv pic.twitter.com/pN5umMOfWv
— ABC News (@ABC) December 22, 2020
मध्ययुगदेखि यता पहिलोपटक दुईवटा ग्रहको संयोजन भएको दुर्लभ घटना देखिएको छ । जब दुईवटा खगोलीय बस्तुहरु आकाशमा नजिक आउँछन् र पृथ्वीबाट हेर्नसकिन्छ, तब यस्तो संयोजनको घटना हुने खगोलविदहरु बताउँछन् ।
Footage captures Jupiter and Saturn nearing alignment in the sky over Dublin as the two planets appear closer to one another than they have in centuries. https://t.co/xJBZibfVd6 pic.twitter.com/gI7ePlFPRu
— ABC News (@ABC) December 22, 2020
यस्तो घटना हरेक साढे १९ बर्षमा हुने भएपनि डिसेम्बर २१ को घटना भने अझ दुर्लभ हुनेछ । सन् १२२६ यता पहिलोपटक बृहस्पति र शनीबीच नजिकको हेर्नमिल्ने संयोजन भएको छ ।
सन् १६२३ मा पनि बृहस्पति र शनी यस्तै नजिकको दुरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन । अब यस्तो घटना कम्तीमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।
सूर्यास्तपछि बाहिर निस्केर दक्षिणतिरको आकाशमा हेर्दा बृहस्पति र शनीलाई देखिएको थियो । कुनै उपकरणको सहायताविना सिधै आँखाले समेत यो दृश्य देखिएको छ ।
डिसेम्बर २१ मा हेर्न छुटाएको खण्डमा डिसेम्बर २४ सम्म पनि बृहस्पति र शनी नजिक भएको दृश्य हेर्न सकिनेछ । त्यसपछि भने बृहस्पति र शनी टाढा हुनेछन् ।