अमेरिकाका ४८ राज्य र संघीय सरकारबाट फेसबुकबिरुद्ध मुद्दा, फेसबुकलाई तोड्न माग


प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार

अमेरिकाका ४८ राज्यका एटोर्नी जनरलहरु र संघीय सरकारका तर्फबाट फेसबुकबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको छ । सामाजिक सञ्जालको यस विशाल कम्पनीले डिजिटल मार्केटप्लेसमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको र अप्रतिस्पर्धी व्यवहारमा संलग्न भएको आरोपसहित मुद्दा दायर गरिएको हो ।

अमेरिकाको संघीय ब्यापार आयोगले फेसबुकले आफ्ना माताहतमा रहेका इन्स्टाग्राम र ह्वाट्सएपलाई प्रभावकारी ढंगले तोडेर अलगअलग संचालन गनुपर्ने र भविश्यमा कुनै स्टार्टअपको मर्जर गर्नुपरेमा अग्रिम सुचना र स्वीकृति लिनेगरी अदालतको आदेशको माग गरेको छ । फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै स्थानमा गाभेर तीनवटा प्लेटफर्ममा जान प्रयोगकर्तालाई बाध्य पार्नेगरी संचालन गरिरहेको छ ।

नीजि सामाजिक नेटवर्किङ लाखौं अमेरिकीहरुको जीवनका लागि केन्द्रीत रहेको बताउँदै अमेरिकाको संघीय ब्यापार आयोगको प्रतिस्पर्धा ब्यूरोका निर्देशक आएन कोनेरले फेसबुकको गतिविधिले उपभोक्ताको प्रतिस्पर्धाको फाइदालाई अस्वीकार गर्दै एकाधिकार कायम गरेको बताएका छन् । आफूहरुको उद्देश्य फेसुबुकको प्रतिस्पर्धी आचरणलाई फिर्ता लिनु र प्रतिस्र्धालाई पुनस्थापित गर्नु रहेको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ४८ राज्यका एटार्नी जनरलले हस्ताक्षर गरेको दायर गरेको मुद्दाका कारण फेसबुकले अभूतपूर्व चुनौतीको सामना गर्नुपरेको छ । न्युयोर्क एटोर्नी जनरल लेटिटिया जेम्सले फेसबुकको अप्रतिस्पर्धी अभ्यासबारे अनुसन्धान गरिरहेकोबारे आफ्नो अफिसले नेतृत्व गरिरहेको बताएको १४ महिनापछि यो मुद्दा दायर गरिएको हो । संघीय ब्यापार आयोगले भने छुट्टै अनुसन्धान गरिरहेको थियो ।

फेसबुकले झण्डै एक दशकदेखि आफ्नो प्रभुत्व र एकाधिकार प्रयोग गरेर साना प्रतिस्र्धीहरुलाई कुल्चिएर र प्रतिस्पर्धाबाट बाहिर निकालेको जेम्सले बताएकी छिन् । १० मिलियन वा त्यो भन्दा माथिको मर्जर वा स्वामित्वमा फेसबुकले राज्यका अधिकारीहरुलाई जानकारी दिनुपर्ने माग समेत उक्त मुद्दामा गरिएको छ ।

यसैबीच फेसबुककी उपाध्यक्ष जेनिफर न्युजस्टीडले आफ्नो कम्पनीले त्यस्ता स्वामित्वहरु बर्षौपहिले नै लिइसकेको उल्लेख गर्दै अमेरिकी सरकारले अमेरिकन विजनेशलाई कुनै पनि ब्यापार अन्तिम नभएको सन्देश दिन चाहेको आरोप लगाएकी छिन् । प्रयोगकर्ता र साना विजनेशहरुले फेसबुकका निशुल्क र विज्ञापन सेवाहरु बाध्य भएर नभई फेसबुकले प्रभावकारी नतिजा दिने भएकाले प्रयोग गरिरहेको उनले बताएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com