यस्तो छ स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पठाएको पत्र (पत्रसहित)
प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसकेको कारण पत्रमार्फत् जानकारी गराएका छन् ।
आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री ओलीले एक पत्र पठाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने जानकारी गराएका हुन् ।
उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए ।